शुक्रबार, चैत्र १६, २०८०

निर्वाचन आयोगको प्रमुख आयुक्तमा वहालवाला सचिव थपलियाको सिफारिस

काठमाडौ चैत १२,  विभिन्न संवैधानिक आयोगमा रिक्त रहेको  पदाधिकारी नियुक्तिका विषयमा छलफल गर्न सोमवार बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक व्यवस्थाअनुसार नयाँ गठन भएका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाती आयोगमा अध्यक्ष नियुक्ति तथा निर्वाचन आयोगको प्रमुख आयुक्तबारे समेत छलफसंगै प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेश  थपलियालाई सिफारिस गरेको छ ।

यसअघिका आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र सदस्य इला शर्माको पदापधी समाप्त भएसंगै बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव समेत रहेका थपलियाको सिफारिस गरेको हो ।
त्यस्तै बैठकले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई पनि सिफारिस गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।