शुक्रबार, चैत्र १६, २०८०

दार्चुला जिप दुर्घटना:मृतक सबैको सनाखत ,प्रम ओलीद्दारा दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि

जिप दुर्घटनामा वावु ,छोरी दुवैको मृत्यु

काठमाडौं फागुन १८, दार्चुलाको जिप दुर्घटनामा परि मृत्यु भएका सबैको सनाखत भएको छ । गएराती दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा दुर्घटना हुँदा जिपमा सवार ११ जनाको निधनसैगै जीप चालक दीपक धामीमात्रै गम्भीर घाइते हुँदै बाँच्न सफल भएपनि उनको अवस्था पनि गम्भीर रहेको बताईएको छ ।

प्राप्त जानकारी अनुसार सडकबाट करिब ३ सय मिटर तल महाकाली नदी किनारमा खसेको जनाउँदै दार्चुला प्रहरीले जिपमा सवार यात्रुमध्ये ७ महिला, ३ पुरुष, १ नाबालिकाको मृत्यु भएको जनाएको छ ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार मृत्यु हुनेमा ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम, ४१ वर्षीय कल्यानसिंह बडाल र उनका १७ वर्षीया छोरी निर्मला बडाल र ३५ वर्षीया परुली धामी रहेका छन । त्यस्तैगरि दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम , ६० वर्षीय धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्दको पनि दुर्घटनामा मृत्यु भएको जनाएको छ ।

यसैवीच प्रधानमन्त्री केपी ओलीले आफ्नो ट्वीट एकाउण्ट मार्फत् शुक्रबार दार्चुलाको राताकाठामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै जिपचालकको शीघ्र स्वास्थ्यलाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।