शुक्रबार, चैत्र १६, २०८०

तीनै तहमा एक लाख ३१ कर्मचारी समायोजन : मन्त्रालय

काठमाडौं चैत १४,  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन पूर्णरुपमा सम्पन्न भएको जनाएको छ ।

मन्त्रालयले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी तीनै तहमा कर्मचारी समायोजनको काम पुरा भएको बताउँदे समायोजनकाक्रममा आएका गुनासालाई यसै महिनाभित्र सम्बोधन गरिसक्ने बताउँदै कर्मचारीहरुको अभावको गुनासो आइरहेका बेला चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीको व्यवस्था हुनेगरी परीक्षा लिन लोकसेवा आयोगलाई निर्देशन दिइसकिएको बताए ।

त्यस्तै पत्रकार सम्मेलनमा सहसचिव केदारप्रसाद पनेरुले संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा एक लाख ३१ कर्मचारी समायोजन गरिएको जानकारी दिदै संघमा ४८ हजार ४०९ कर्मचारी, सात प्रदेशमा २२ हजार २९७ र स्थानीय तहमा ६६ हजार ९०८ कर्मचारी खटिने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।