शनिबार, बैशाख ८, २०८१

ट्राफिक प्रहरी महाशाखाको ह्वील लक’अभियान, एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

काठमाडौं फागुन २७, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा अव्यवस्थित पार्किङका कारण हुँने  गरेको अत्यधिक जामको
समस्यालाइ गर्न भन्दै सुरु गरेको सवारी साधनमा ‘ह्वील लक’ लगाउने  अभियानले केहि हदसम्म समस्या समाधान भएको जनाएको छ । गत मंसिर ८बाट सिुरु गरिएको यस अभियान अन्र्तगत ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा अनाधिकृतरुपमा लामो समय सम्म पार्किङ गर्ने एक हजार ५ सय ४८ सवारी साधनलाई कारवाही गरिएको जनाएको छ ।

तयस्तै महाशाखाले जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै रु ५०० देखि एक हजारसम्म जरिवाना गर्दै आएको जानकारी दिदै  ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको र  यसरी टाँसिएको स्टीकरमा लिखत विवरणअनुसार सवारी धनीले ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्ने गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।