बिहिबार, चैत्र १५, २०८०

जनप्रतिनिधिका डोजरमा आगो लगाउ दिपशिखाको निर्देशन

काठमाडौ फागुन २९, पूर्व माओबादी केन्द्रको भातृ संगठन वाइसियलका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखाले जनप्रतिनिधीका डोजरमा आगो लगाउन निर्देशन दिएका छन । उनले आफ्नो कर्तब्य छोडि कोहि जनप्रतिनिधि डोजर खरिद बिक्रीमा रहे वाइसियललाइ उनिहरुका डोजरमा आगो लगाउन निर्देशन दिएका हुन ।

बाँकेको खजुरमा आयोजित शहिद तथा बेपत्ता परिबार सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले जनता भन्दा कोहि प्रतिनिध बाहिर जान्छ भने उसलाइृ जनतामाझ फर्काउन जस्तोसुकै कदम चाल्न युवाहरु पछि नपर्ने बताए । उनले जनताका समास्या सामाधान गर्न छोडी कोहि जनप्रतिनिधि डोजर लिएर ठेक्का पट्टामा लागेको भए वाइसियलले सिधै आगो लगाउने बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका अध्यक्ष सापकोटाले मुलुक परिर्बतनका लागि सहिद तथा बेपत्ता यौद्धाहरूको बलिदानल उलेख्य रहेको भन्दै आफुहरुले सँधै शदिहरुको बाटो अनुसरण गरिरहने बताए । शहिद परिवारलाई अभिनन्दन नेकपाको भातृ संगठन बाइसियल नेपाल र युवा संघ नेपालले आज संयुक्त रुपमा शहिद तथा बेपत्ता परिबारलाइ अभिनन्दन कार्यक्रम गरेको छ ।

मुलुक परिबर्तनका खातिर शहिद तथा बेपत्ता परिबारलाई आज बाँकेको खजुरामा सम्मान स्वरुप अभिनन्दन कार्यक्रम गरेको हो । कार्यक्रममा ११२ जना सहिद परिबारलाई सम्मान तथा अभिनन्दन गरिएको थियो । भने सोहि अबसरमा दर्जनौँ युवाहरुले रक्तदान समेत गरेका थिए ।
७ वटा प्रदेशका आधाभन्दा बढी जिल्लामा अभिनन्दन गरिसकेको वाईसीयलले सोमबार धनगढी, मंगलबार नेपालगंज, बुधबार झापा र शुक्रवार काठमाडौं गर्ने बताएको छ ।

युवा संघ नेपालसँगको सहकार्यमा देशैभर जनयुद्द तथा जनआन्दोलनमा सहादत भएका शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम भईरहेको बताइएको छ ।  कार्यक्रममा बलिदानिको कदरसहित अभिनन्दनपत्र लिएर वाईसीयल र युवासंघले शहिद परिवारलाई सम्मान गरेको हो । ७ वटा प्रदेशका आधाभन्दा बढी जिल्लामा अभिनन्दन गरिसकेको वाईसीयलले सोमबार धनगढी, मंगलबार नेपालगंज, बुधबार झापा र शुक्रवार काठमाडौं गर्ने  प्राप्त समाचारमा उल्लेख गरिएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।