शुक्रबार, चैत्र १६, २०८०

गोदामचौर बलात्कार घटनाका अभियुक्तत्रयलाइ जनही दश वर्ष कैद सजाय

काठमाडौ फागुन १८, ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही दश वर्ष कैद सजाय हुने फैसला गरेको छ । न्यायाधीश धनसिंह महराको इजलासले शुक्रवार सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै जनही दश वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतले जनाएको छ । प्राप्त जानकारी अनुसार २०७४ साल मङ्सिर २ गते सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीलाइ सामसहिक वलात्कार गरेको अभियोगमा दर्ता भएको मुद्दाको सुनुवाइपछि प्रस्तुत फैसला भएको बताईएको छ ।

त्यस्तै फैसलामा दोषीलाई कैद सजायसहित ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही रु एक लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला समेत भएको बताईएको छ । त्यस्तै अभियुक्तहरुले सामूहिक बलात्कारपछि युवतीको ज्यान लिने मनशायले टाउकोमा ढुङ्गा प्रहार गर्दा वेहोस भएकी ति युवती मर्यो भन्ने ठानी तोरीबारीमा    अलपत्र छोडेर फरार भएका थिए । त्यस्तपछि ति वेहोस युवती होसमा आउपछि अभियुक्तज्ञय विरुद्ध ह किटानी जाहेरी दिएकी बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।