बुधबार, बैशाख १२, २०८१

कुनैपनि किसिमका राष्ट्रघाति सहमति काँग्रेकासका लागि मान्य हुन्न : सभापति देउवा

काठमाडौं फागुन २८,   नेपाल प्रेस युनियन कास्कीले पोखराद्दारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस सभापति शेरबहादुर देउवाले आज राज्य विप्लवको मुद्धामा जेलमा रहेका सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने नाउँमा न्यायलयमाथि समेत हस्तक्षेप गर्दै सरकारले राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।

तयसतै सभापति देउवाले किमार्थ सम्झौतामा भएका बुँदा राष्ट्रघाति रहेको बताउँदै कुनैपनि किसिमका राष्ट्रघाति सहमति काँग्रेकासका लागि मान्य नहुने बताउँनु भएको छ ।

 त्यस्तै उहाँले एकातर्फ मुलुकको प्रधानमन्त्रीले राष्ट्रिय सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका विषयमा जनमतसङ्ग्रह हुन नसक्ने बताउँदै गर्दा अर्को तर्फ ‘सिके राउतले जनमत संग्रहका लागि नेपाल सरकार तयार भएको जनाउ दिदै जनकपुरमा फ्रिमधेस भन्दै जनमत संग्रहको निर्वाद नारावाजी गर्दै गर्दा समेत सरकारको कुनै प्रतिक्रिया नआउँनु आफैमा शंदेहको विषय भएके बताए ।

त्यस्तै अर्को एक प्रसंगमा कहिले फौजदारी संहिताका नाउँमा प्रेसलाई नियन्त्रणमा लिँदै अधिनायकवादतर्फ सरकार उन्मुख हुनु मात्र नभइ देशमा हत्या हिंसा अराजकताले प्रशय पाएको बताएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।