शुक्रबार, बैशाख ७, २०८१

काउन्सिलद्वारा प्रस्तुत कुनै पनि माग यथाशीघ्र कार्यान्वयनमा:  मन्त्री बास्कोटा

काठमाडौ चैत १,  प्रेस काउन्सिल नेपालको वार्षिक समीक्षा बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नियम र कानुन कुनैपनि प्रस्ताव नरोकिई यथाशीघ्र कार्यान्वयनमा लगिने बताउनुभएको छ । साथै त्यस अवसरमा काउन्सिललाइ उहाँले एक साताभित्र उपलब्धिमुलक कार्यक्रम बनाएर पठाउन आग्रह गर्नुभएको छ ।

त्यस्तै बैठकमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिललाई अझप्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने बताउँदै तयार भएका ऐन,विनियमावली,निर्देशिका यथाशीघ्र स्वीकृत हुनुपर्ने, आगामी बर्ष स्वर्ण जयन्तीवर्ष भएकाले भव्य रुपमा सम्पन्न गर्ने तयारी रहेको बताउँनु भएको छ ।  त्यस्तै काउन्सिलका मुख्यअधिकृत झविन्द्र भुसालले कार्यप्रगति प्रस्तुत गर्नुभएको उक्त बैठकमा काउन्सिलको भौतिक सम्पति,आर्थिक बर्ष २०७५।७६ को नीतिगत, कानुनीउपलब्धी, पछिल्लो दुई बर्षमा भएका महत्पूर्ण उपलब्धी, आगामी सोच तथा कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।

बैठकमा बोर्ड सदस्यहरुले प्रादेशिक रुपमा काउन्सिलको कार्यालय स्थापना गरी त्यहिँबाट अनुगमन गर्नुपर्ने,मन्त्रालयबाट रोकिएकाकाम यथाशीघ्र अघि बढाउनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममाबोर्ड सदस्य गोविन्दआचार्य, गोविन्द चौंलागाई, शुभेच्छाबिन्दु तुलाधर,संगीता खड्का, गोपाल बुढाथोकी,चेतनाथ धमला,इश्वरीप्रसाद ओझा, सदस्य–सचिव बालकृष्ण घिमिरे त्यस्तै काउन्सिलका सह–प्रशासकीय अधिकृत तथा सूचनाअधिकारी दीपक खनाल, प्रेस काउन्सिल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछाने,आचारसंहिता अनुगमन (विद्युतीय) शाखाप्रमुख उप–प्रशासकीय रामशरण बोहरालगायतअन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । समीक्षा बैठकपश्चात साहित्यिक पत्रकारहरुको टोलिसँग भएको छलफलमा साहित्यिक पत्रकारिताका समस्यालाई मन्त्रालयले समाधान गर्न पहल गर्नुपर्ने अभिमत प्रस्तुत गरेको काउन्सिलले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728