बिहिबार, बैशाख ६, २०८१

कांग्रेस केन्द्रीय समिति बैठक : सरकारलाइ शासकीय योग्यता प्रस्तुत गर्न काँग्रेसको आग्रह

लेखक, अधिकारीको संयोजक्त्वमा नियमावली मस्यौदा समिति र केन्द्रीय निर्वाचन समिति गठन, केन्द्रीय अनुशासन समितिको सदस्यमा चौधरी र गुरुङ अनुमोदित

काठमाडौ चैत ५ , नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समिति बैठकले विखण्डनको मार्ग परित्याग गरी मुलुकको अखण्डता स्वीकार गरेर संविधानभित्रबाट समाधानमा पुग्न चाहने समूहलाई स्वागत गरिरहँदा समाधानको विधिका बारे रहेको गम्भीर विरोधाभासलाई सुस्पष्ट गर्न सरकार समक्ष माग गरेको छ । त्यस्तै बैठकले सरकारले सम्झौता भएको दुई साता पुग्दासम्म ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या नगरेको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ ।

दशक लामो हिंसाबाट जर्जर भएको मुलुकले भर्खरै मात्र शान्ति प्राप्त गरेको स्मरण गर्दै बैठकले सत्तारुढ र विद्रोही दुबै नेकपालाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेत गराउँदै कुनैपनि राष्ट्रिय संवेदनशीलताका विषयमा महत्वपूर्ण निर्णय गर्नु अघि र पछि पनि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई वर्तमान सरकारले नजर अन्दाज गर्दै आएकोमा गम्भीर आपत्ति प्रकट गर्दै बैठकले सरकारको गम्भीर ध्यानाकर्षण

साथै निषेधको मार्गबाट नभइ वार्ताको माध्यमबाट विप्लव समूहलाई विश्वासमा लिदै शासकीय योग्यता प्रस्तुत गर्न सरकालाइ आग्रह गर्दै हत्या, हिंसा र चन्दा आतङ्कको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन केन्द्रीय समिति बैठक मार्फत कांग्रेसले नेत्रबिक्रम नेतृत्वको नेकपालाइ आव्हान गरेको छ ।

त्यस्तैगरि काँग्रेसले दशक लामो हिंसाबाट जर्जर भएको मुलुकले भर्खरै मात्र शान्ति प्राप्त गरेको स्मरण गर्दै बैठकले सत्तारुढ र विद्रोही दुबै नेकपालाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेत गराउँदै कुनैपनि राष्ट्रिय संवेदनशीलताका विषयमा महत्वपूर्ण निर्णय गर्नु अघि र पछि पनि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई वर्तमान सरकारले नजर अन्दाज गर्दै आएकोमा गम्भीर आपत्ति प्रकट गर्दै बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

यसैवीच आज बसेको बैठकले सोमवार भीष्मराज आङ्दम्वेको संयोजकत्वमा गठित पाँच सदस्यीय केन्द्रीय अनुशासन समितिमा केन्द्रीय सदस्यद्दय उमाकान्त चौधरी र धनराज गुरुङलाई सर्वसम्मतिले अनुमोदन गर्दै समितिलाई पूर्णता दिएको छ भने विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २२ (६) अनुसार रमेश लेखकको संयोजकत्वमा क्रमस मीन विश्वकर्मा ,जीवन परियार,ईश्वरी न्यौपाने, प्रदीप पौडेल सदस्य रहनेगरि “पार्टी नियमावली मस्यौदा समिति त्यस्तैगरि विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३५ (१) अनुसार राधेश्याम अधिकारीको संयोजकत्वमा क्रमस गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सिताराम के।सी।र एकराज पोखरेल सदस्य रहने गरि केन्द्रीय निर्वाचन समिति” समेत गठन गर्ने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।