शुक्रबार, चैत्र १६, २०८०

काँहा- काँहा प्रयोग गर्दैछ महानगरले यान्त्रिक कुचोको प्रयोग

काठमाडौ चैत १२,  काठमाडौ महानगरपालिकाले आजदेखि राजधानीको सडक सफाइको लागि यान्त्रिक कुचोको प्रयोगका गर्ने भएको छ । यान्त्रिक कुचोको औपचारिक शुभारम्भ कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले हरेक दिन साँझ आठ बजेदेखि बिहान चार बजेसम्म सडक सफाई कार्य हुने जानकारी दिदै अव राजधानीका सडकमा धुलाको समस्याबाट महानगरका नागरिक पिडित हुन नपर्ने बताउँनु भएको छ । त्यस्तै कार्यक्रमलाइ कामपाका उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले यन्त्रको सञ्चालनका लागि सडकमा रहेका खाल्डाखुल्डी पुर्न अत्यावश्यक रहेको बताउँदै ततकल सडक विभागसंग समन्वय गर्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा कामपामा प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला लगायतले वोल्नु भएको थियो ।

रुट नं. १ टेकुबाट शुरु गरेर सोल्टीमोड हुँदै कलंकीत्यसपछि सोल्टीमोड — टेकु — त्रिपुरेश्वर — सुन्धारा — नयाँ सडक — जुद्ध सालिक —महाङ्काल —जमल — लाजिम्पाट — शितलनिवास — शिक्षण अस्पताल —नारायण गोपालचोकसम्मको मुल सडक । त्यस्तै जमल — विश्वज्योति — घण्टाघर — भद्रकाली — सहिद गेट हुँदै सुन्धारासम्म । 

रुट नं. २. टेकुबाटत्रिपुरेश्वर — थापाथली — माइतीघर मण्डला — बबरमहल — बानेश्वर — तीनकुने हुँदै अन्तरराष्ट्रिय बिमानस्थल सम्म । त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर — जडिबुटीहुँदै पेप्सिकोलासम्म । पेप्सिकोला चोकबाट कोटेश्वर — नयाँबानेश्वर — बबरमहल — माइतीघर मण्डला — थापाथली — त्रिपुरेश्वर — टेकु — कालीमाटी — बल्खु पुगेर त्यही सडकबाट फर्किएर — कालीमाटीहुँदै टेकुसम्म ।

रुट नं. ३ टेकुबाट त्रिपुरेश्वर — सुन्धाराहुँदै भोटाहिटी —विश्वज्योति — घण्टाघर — भद्रकाली — सिंहदरवारबाट पुतलीसडकतर्फको सडक । पुतली सडकबाट कमलादीमोड — हात्तीसार — जय नेपाल हल — दरबार मार्ग — कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौं प्लाजासम्मको सडक । त्यस्तै दरबारमार्गमा रहेको महेन्द्रको शालिकबाट नारायणहिटी हुँदै   केशरमहलचोक — त्यसबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भ विभाग अगाडिको चोक —नारायण हिटीको उत्तर गेट — गैरी धारा (प्रहरी हेड क्वाटर पछाडिको चोक) — सभामुख क्वाटर — राष्ट्र बैक — प्रधानमन्त्री निवास (वालुवाटार) रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा ३ कार्यालयसम्मको सडक । फकिँदा शितलनिवास — पानीपोखरीहुँदै लैनचौर — सोह्रखट्टे — बालाजु चोक (रिङ्गरोड) — सोह्रखुट्टेबाट — बिष्णुमती लिङ्क रोड — ईन्द्रायणी — नरदेवीपुलदेखि टेकुसम्मको सडक ।

रुट नं. ४. टेकुबाट पुतलीसडक — कमलपोखरी — ज्ञानेश्वर — मैतीदेवी — पुरानो बानेश्वर — सिनामंगल — एअरपोर्ट गेट — गौशाला — चाबहिल — होटल हायात चुच्चेपाटी — फर्किएर चाबहिल — गौशाला — बत्तीसपुतली— पुरानो बानेश्वर — मैतीदेवी — डिल्लीबजार — पुतलीसडक — प्रदर्शनी मार्ग — सिंहदरबार — माइतीघर मण्डला — थापाथली — त्रिपुरेश्वर — टेकु ।

रुट नं. ५. टेकुबाट त्रिपुरेश्वर — पोष्ट अफिस — न्यूरोड गेट — बसन्तपुर — ईन्द्रचोक — न्यूरोड —महाङ्काल — जमल — केशरमहलबाट त्रिदेवीमार्ग । ठमेलबाट फर्किएर दरबार मार्ग — घण्टाघर — भद्रकाली — सिंहदरवार — माइती मण्डला सिंहदरबारको दक्षिण ढोका । हनुमान स्थानबाट — थापागाउँ —अन्तराष्ट्रिय सम्मेलन केन्द्र — त्यहाँबाट पुरानो बानेश्वरतर्फ रत्नराज्य स्कूल — मध्यबानेश्वर — बत्तीस पुतलीचोक — मैतीदेवी — डिल्लीबजार — बागबजार — प्रदर्शनीमार्ग — भद्रकाली —त्रिपुरेश्वर हुँदै टेकु — बल्खु, कलङ्की — सीतापाइला — बालाजु — गोङ्गबु — नारायण गोपाल चोक — चाबहिल, ज्ञानेश्वर — डिल्लीबजार — बागवजार — पुरानो बस पार्क — त्रिपुरेश्वर — टेकु  रहेको कामपाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।