मङ्लबार, बैशाख ११, २०८१

आवास डटनेटलाइ काउन्सिलले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौ चैत २ , प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत समाचार सम्प्रेषित गरेको भन्दै अनलाइन आवास डटनेटलाई स्पष्टीकरण सोधेको छ ।  बिहीबार प्रतिबन्धीत नेकपा विप्लव समुहले आव्हान गरेको नेपाल बन्दको क्रममा उक्त अनलाइनले भर्खरै काठमाडौँमा डरलाग्दो बम विष्फोट, ३३ भन्दा बढीको ज्यान गयो, बाँकी विवरण आउन बाँकी’ शीर्षकको समाचार अनलाइन आवाज डटकमको फेसबुक पेजमा प्रकाशित गरेको थियो ।

त्यस्तै उक्त अनलाइनले प्रकाशित गरेको लिबियाको बम विष्फोटको घटनाको सो समाचाराले नेपाली जनमानसमा आतंक सिर्जना गरेको जनाउ सहित प्रस्तुत समाचारले आचारसंहिता उल्लङ्घन गरेको भन्दै काउन्सिलले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

त्यस्तै काउन्सिलले अनलाइनका सम्पादकको नाममा सोधिएको स्पष्टीकरणमा यस्तो समाचार आचारसंहिता विपरीत के, कति कारणले सम्प्रेषण गर्नुपरेको हो, २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ । अन्यथा प्रचलित ऐन, कानूनबमोजिम कारवाही हुने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।