शुक्रबार, बैशाख ७, २०८१

आज मध्यरातमा राजधानीको टुँडिखेलमा गुरुमापा राक्षसलाई एक मुरीको भात खुवाइदै

काठमाडौ चैत ६,  आज राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने परम्परा रहिआएको छ ।
हरेक वर्ष फागु पूर्णिमाको राती किलागलमा पकाएको मासु र भात टुँडिखेलमा रहेको गुरुमापालाई खुवाइने गरिआएको प्रसङगमा प्राप्त किवदन्ती सहितको जानकारी अनुसार त्यसवेला गुरुमापा नाम गरेका राक्षसले उपत्यकाका मानिसलाई आफ्नो अहार बनाउँदै दिनहुँ जस्तो मान्छे मारेर खाने थालेपछि उपत्यकावसीले आजित भएको र पछि इटुम्वहालका जामुना गभाजु नामक तान्त्रिकको सहयोगमा ति राक्षसलाई तोरण राखेर समातेर मानिसको मासुको सट्टा वर्षको एकचोटी मासु र भात खुवाउने शर्तमा मानव वस्ती भन्दा टाढा रहेको टुडिखेलमा कैद गरेको भन्ने विश्वास छ ।

प्रस्तुत प्रङगमा प्रचलित लोक कथाअनुसार कर्नाटक वंशी राजा हरिदेवको पालामा किलागलमा रहेको इटुँबहालका जुवाको कुलतमा फसेका केशचन्द्र नामको एक व्यक्ति थियो। उनले आफ्नो सबै श्रीसम्पत्ति जुवामा हारेपछि ठमेलमा आफ्नी दिदीको घरमा भात खान भनी गएका थिए। त्यहाँ दिदीले भात खुवाउन भात पस्की ल्याएको सुनको थालसमेत जुवामा थाप्दा त्यो पनि हारेको थियो। अर्कोपल्ट भात खान भनेर जाँदा दिदीले रिसाइ भात भुइँमा नै पस्काइदिएकी थिइन्। दिदीले गरेको यो अपमान सहन नसकी सबै भात एउटा रुमालमा पोको पारी लिएर स्वयम्भूको जंगलतर्फ हिँडेका थिए। बाटोमा थकाइ मार्न समथर एउटा ठूलो ढुंगामा भातको पोको फिँजाई पल्टिँदा निद्रा लागेको थियो। त्यसै मौका पारी एक बथान परेवा उडेर आई सबै भात खाइदिएका थिए।

आफू भोकै बस्नुपर्ने पीरले कर्त्त भैरवको प्रार्थना गर्दा भात खाएका सबै परेवाहरू त्यहाँ आई सुनको बिष्टा गरिदिएका थिए। केशचन्द्रको प्रार्थनामा गुरुमापाले ती सुनका सबै बिष्टा बोकेर उनको घर पुर्‍याइदिए र गुरुमापालाई त्यही बहालमा लुकाइराखेको थियो। तर त्यहाँ उनले हरेक दिन अर्काको बच्चा चोरेर खाने गरेको र एक दिन केशचन्द्रको आफ्नै छोरो चोरेर खाएपछि त्यहाँका सबै मानिसहरू मिली उनलाई सहर बाहिर टुँडिखेलमा राख्न लगेको थियो। त्यसरी टुँडिखेलमा राख्न लैजाँदा हरेक वर्ष एक मुरी चामलको भात र एउटा सिंगै राँगाको मासु खुवाउने भनी केशचन्द्रले गरेको सहमती अनुरुप हरेक वर्ष होली पूर्णिमाको रातमा किलागलका स्थानीय बासिन्दाले मासु र भात खुवाउने गरिआएको् बुझिएको छ ।

तर त्यसवेलाका सहमति अनुरुप किलागलका स्थानीय बासिन्दाले आफ्नोदायित्व पूरा गर्दै जाँदा केहि समय पछिनै तन्त्रशक्तिको बलमा टुडिखेलमा कैद गरिएका गुरुमापा राक्षसले उपद्रो गर्न नछोडे पछि टुँडिखेलमा फागुपूर्णिमा लगत्तै मनाईने घोडेजात्राका क्रममा घोडा कुदाएर गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको जनविस्वास रहि आएको छ । तर आदिकालदेखि चलिआएको गुरुमापालाई भात खुवाइने परम्परा अहिले आर्थिक रुपले धान्न गार्हो भएको स्थानीय बासिन्दाले बताएका छन् । साथै बाँकी रहेको मासुभात प्रसादका रुपमा त्यहाँ जाने व्यक्तिहरुले पनि ग्रहण गर्ने प्रचलन रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728