शुक्रबार, चैत्र १६, २०८०

अराजक समूहको हिंसात्मक गतिविधि सरकारले टुलुटुलु हेरेर नबस्ने : प्रधानमन्त्री ओली

ललितपुर चैत १२ ,प्रधानमन्त्री केपी ओलीले पार्टी सोमवार वसेको संसदीय दलको बैठकमा नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधि चैतभित्रै नियन्त्रणमा लिने दावी गर्दै उहाँले कुनैपनि अराजक समूहको हिंसात्मक गतिविधि सरकारले टुलुटुलु हेरेर नबस्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा भाँजो हाल्ने जोकोहिलाइ पनि नियन्त्रणमा लिने बताउँदै वेलैमा सचेत हुन भनेका छन । साथै संसद्को हिँउँदे अधिवेशन सकेपछि सांसदहरूलाई जिल्ला, निर्वाचन क्षेत्र जान र सरकारका कामको प्रचार गर्न निर्देशन दिदै प्रम ओलीले  सरकारको सहिष्णु र उदारपनको फाइदा उडाउँदै नेताहरूको हत्याको सूची सहित व्यक्ति खटाउनेविरुद्ध किमार्थ चुप लाग्न नसकिँने प्रधानमन्त्री ओलीले भनाइरहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।