बिहिबार, बैशाख १३, २०८१

अपराधजन्य क्रियाकलाप न्यूनिकरणका लागि राजधानीको मुख्य सडकमा अत्याधुनिक बत्ती र सिसी क्यामेरा

काठमाडौ चैत ५ , काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा रातिको समयमा हुने सम्ने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण लक्ष्य सहित काठमाडौंका प्रमुख सडकमा आठ हजार अत्याधुनिक बत्ती जडान गर्ने भएको छ ।

(कामपाका प्रवक्ता ईश्वरमान डङ्गोल)

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार आगामी वैशाख १ गतेबाट कलङ्की,एयरपोर्ट, त्रिपुरेश्वर,चक्रपथ र थापाथली,कमलपोखरी हुँदै पुतलीसडक खण्डमा बत्ती जडान कार्य शुरु गरिने जानकारी दिनु भएको छ । त्यस्तै प्रवक्ता डङ्गोलका अनुसार प्रस्तावित क्षेत्रका वडा समितिबाट समेत माग भएका कारण कामपाले प्रस्तावित योजनाका लागि रु ५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ ।

त्यस्तै प्रवक्ता डङ्गोलले महानगरपालिकोको सहकार्यमा महानगरपालिकाभित्र शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण लगायतका कार्य सम्पादका लागि महानगरीय प्रहरी परिसर काठमाडौले सिसी क्यामेरा जडान गर्ने तयारी गरेको जानकारी दिदै यस कार्यका लागि कामपाले परिसरलाई रु ३ करोड रकम उपलब्ध गराइसकेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।