शुक्रबार, चैत्र १६, २०८०

अन्तत विभत्स नर��ंहार कैलाली घटनाका मुख्य आरोपि चौधरी दोषी ठहर , सर्वश्वसहित जन्मकैदको फैसला

काठमाडौं फागुन २२,   ८ प्रहरी र एक नाबालकसहित नौ जनाको ज्यान जाने गरि भएको कैलालीको विभत्स नरसंहार घटनाका मुख्य आरोपित मानिएका रेसम चौधरी अन्तत प्रस्तुत घटनामा दोषि ठहर भएको छ ।

जिल्ला अदालत कैलालीमा टीकापुर घटनाको बहस सकिएसंगै आज भएको फैसलामा बाहलवाला सांसद् समेत रहेका रेशमलाल चौधरीलाई मुख्य अभियुक्त ठहर  गर्दै जिल्ला न्यायाधीश पर्शुरामा भट्टराईको इजलासले  २६ जना भने मध्ये डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो ।

त्यस्तै अलालतले १२ जनालाई ३ बर्ष कैदको सजाय सुनाएको छ भने ३ जनालाइ निर्दोष ठहर गरेको छ ।जसमध्ये तीन बर्ष जेल बसिसकेका लक्ष्मण थारु रिहा हुने भएका छन् ।

यद्यपी अदालतले दोषी ठहर गरेमा चौधरी थुनामै रहेर चौधरीले मुद्दाको पुनरावेदन प्रक्रियामा सहभागी हुन पाउँनुको अलावा निजले संसद सदस्यको शपथ लिए पनि सांसदको हैसियतले कुनै पनि काम गर्न भने पाउने छैनन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।