मङ्लबार, बैशाख ४, २०८१

अङ्गीकृत नागरिकताको सवालमा दलीय समिति जुटाउन उपसमिति गठन

काठमाडौ चैत ८, प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको विहिवार बसेको बैठकले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल गर्दै ‘अङ्गीकृत नेपाली नागरिकता प्राप्ति’ को विषयमा सबै दलको सहमति जुटाउन उपसमिति गठन गरेको छ ।

समितिले अधिकांश दलको प्रतिनिधित्व हुने गरी गठन गरेको नौ सदस्यीय उपसमितिमा सांसदहरु विजय सुब्बा, यशोदा सुवेदी, नवराज सिलवाल, देवेन्द्रराज कँडेल, रामसहायप्रसाद यादव, राजकिशोर यादव, लक्ष्मी चौधरी, प्रेम सुवाल र मीना पाण्डे रहेका छन भने उपसमितिलार्इ दुई साताभित्र सबै दलका शीर्षनेतासँग छलफल गरी नागरिता प्राप्तिमा सहमति हुन नसकेका सबै विषयमा सहमति जुटाई प्रतिवेदन तयार गर्ने कार्यादेश दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।