सोमवार, साउन ६, २०७६
खेलकुद ताजा

मिडिया कप फुटसल : प्रेस युनियन र प्रेस संगठन फाइनलमा

काठमाडौं चैत १४, नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आज आयोजित “मिडिया कप फुटसल प्रतियोगिता २०७५” मा नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल फाइनलमा पुगेका छन् । आज तेस्रो स्थानकालागि भएको खेलमा इमेज च्यानलले नेपाल टेलिभिजनलाई हराउदै विजयी भएको छ । दुबै टिमवीच ४- ४ गोल भएपछि टाइब्रेकरमा इमेज च्यानलले नेपाल टेलिभिजनलाई हराउदै तेस्रो हुन सफल भएको हो ।

नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगितालाई नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले संयुक्त रुपमा रेफ्रीलाई बल हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको हो ।
सञ्चार क्षेत्रसंग सम्बन्धी विभिन्न एघार संघसस्थाका टोलीले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (ए), नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (बी), सूचना विभाग, प्रेस काउन्सिल नेपाल , नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (ए) , नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (बी) , इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल, नेपाल पत्रकार मञ्च लगायतले भाग लिएका थिए ।  फुटसल प्रतियोगिताको फाइनल भोली चैत्र १५ गते बिहान ९ः३० बजे वानेश्वर ओम शान्ति चोकस्थित शान्तिनगर फुटसलमा हुने महासंघका सचिव एवम् फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले जानाकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू