सोमवार, असार २०, २०७९

महाशिवरात्री पर्वको अवसरमा ज्योतिर्लिङ्ग दर्शनको यस्तो छ तयारी

काठमाडौ फागुन १८ , वर्ष २०७५को महाशिवरात्री पर्वको अवसरमा विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ ज्योतिर्लिङ्गको दर्शनका लागि महाशिवरात्रिमा भगवान शिवको दर्शनका लागि  पशुपतिनाथमा ठूलो मेला लाग्ने गर्दछ ।

यसैक्रममा वर्ष २०७५ को महाशिवरात्री पर्वलाए दृष्टिगत गर्दै पशुपतिनाथ मन्दिरमा मेला भर्न आउँने भक्तजनहरुको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फागुन २० गते मनाइने महाशिवरात्रिका लागि गरिएको तयारी सम्बन्धी  जानकारी दिन कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस वर्ष विगतका भन्दा पनि साधुसन्तको आगमनको क्रम बढदो रहको जनाउँदै शनिबार दिउँसोसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको अरु आउँने क्रम जारी रहेको जनाएको छ ।

तयस्तै महाशिवरात्री पर्वको अवसरमा भक्तजनका दर्शनका लागि गते पश्चिम ढोकाबाट १ र दक्षिण ढोकाबाट २ ओटा गरी तीन स्थानबाट मन्दिर दर्शनको व्यवस्था मिलाइएको जानकारी दिदै भक्तजनको भीड व्यवस्थापन गर्न नेपाल सरकारका ३ वटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालनसंगै नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका ५ हजार स्वयंसेवक परिचालित हुने जानकारी दिएको छ ।

त्यस्तै नपाली सेनाको आकस्मिक स्वास्थ्य सेवा , फुल प्रसादी चन्दन वितरणको व्यवस्था ,निःशुल्क भोजन, पानी, चिया वितरणको लागि क्षेत्रग व्यवस्था सहित सवारी पार्किङको व्यवस्था मिलाइएको जानकारी दिदै कोषले हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन गर्नेछन् । आइतबारदेखि नै पश्चिम मूल ढोकाअघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन गरिनेछ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728