सोमवार, असार २०, २०७९

नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु सरकारको स्वागतयोग्य कदम : सभापति देउवा

विराटनगर फागुन २९ , नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हिंसात्मक तथा अपराधिक गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु स्वागत योग्य कदम भएको बताउँनु भएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा गर्दै उहाँले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड गर्नुको अलावा जनतामा भएआतंको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्नु सरकारको दायित्व भएको जनाउ सहित सभापति देउवाले सरकारको प्रस्तुत कदमको स्वागत गरेको हो ।  त्यस्तै सभापति देउवाले कुराकानीको क्रममा सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजाय हुनु निहत्था मृत्यु भएका जनताले न्याय पाएको जनाउ दिदै कुनैपनि किसिमका अपराधिक क्रियाकलाप स्वीकार्य हुन नसक्ने अभिव्यक्ति दिनु भएको छ ।

साथै राज्य विप्लवको मुद्धामा थुनामा रहेका सिके राउतलाई मुलकको संविधानत मुलधारमा ल्याउँनु सकारात्मक भएपनि सहमतिमा उल्लेख जनमत सङ्ग्रह लगायतका कतिपय बुँदा अस्वीकार्य रहेको भन्दै यसलाइ तत्काल सच्याँउन माग गर्नुभएको प्राप्त समाचारमा  उल्लेख गरिएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728