बिहिबार, असार २३, २०७९

क्षतिको तथ्य संकलन सहित राहतको व्यवस्था मिलाउँनु :कामपा प्रमुख शाक्य

काठमाडौं फागुन २७, काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आज महानगर अन्र्तगत रहेको वडा न २४ स्थित मखनटोलमा भएको भिषण आगलागी घटनाका पिडित एवम आगलागिबाट भएको क्षतिका विषयमा जानकारी लिनु भएको छ ।
महानगरको भित्री सहरमा पर्ने मखनटोलस्थित तुलाधर परिवारको घरमा गत बिहीबार खाना पकाउँने ग्याँसको सिलिण्डर विस्फोट हुँदा मध्यान्न १२ बजे सल्किएको आगो साँझ ७ बजे पूर्ण नियन्त्रणमा आएको थियो ।

बिपद् व्यवस्थापन बिभागका अधिकारीसहित घटनास्थल पुग्नु भएका कामपा प्रमुख मेयर शाक्यले आगलागी भएको घरकोअबलोकन तथा आगलागीको क्रममा घाइते भएका राजन थापाकी आमा कमला थापाले छोराको अवस्थाको जानकारी लिदै स्थानीय जनप्रतिनिधि, प्रभावित परिवार र स्थानीयसँग छलफल गर्दै मेयर शाक्यले बिपद् व्यवस्थापन विभागकी प्रमुख अर्चना श्रेष्ठलाई घटना, घटनास्थल र क्षतिको तथ्य संकलन गर्न निर्देशन दिनुकोे अलावा तत्काललाइ वडासमितबाट राहतका कार्यक्रम अघि बढाउने व्यवस्था मिलाउँन निर्देशन दिनु भएको छ ।

त्यस्तै क्षति विवरणको संलकनका लागि आजै इञ्जिनियरसहितको टोली पठाउँनुको अलावा विभागले, तत्कालका लागि राहत स्वरुप १ लाख रुपैयाँ वडामा पठाउने तयारी गरेको बताईएको छ । ज्ञात रहोस आगलागिका कारण रञ्जु तुलाधार, पुष्प सिलाकार र मनोज सिलाकारको घर पूर्ण क्षति भएको छ भने धनकाजी सिंह, शिव नापित र पुजन रञ्जितको घरमा पनि क्षति पुगेको छ ।  फोटो : CM.भटटराइ 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728