बिहिबार, असार २३, २०७९

कमिशनखोरीलाई ठाउँको-ठाउँ कारवाही गर्ने सासंद बस्नेतको चेतावनी

भक्तपुर फागुन २७ / राम चन्द्र प्रजापति , नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, संघीय ससंदका सदस्य महेश बस्नेतले विकास र समृद्धिमा अघि बढ्ने क्रममा कमिशन माग्ने कमिशनखोरीलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

सोमबार भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा नं. ७ गुण्डुमा निर्वाचन क्षेत्र विकास कोष तथा सूर्यविनायक नगरपालिकाको साझेदारी कार्यक्रम अन्तर्गतको फुटशल ग्राउण्डको शिलान्यास गर्दै उहाँले प्रस्तुत अभिव्यक्ति सहित फु निर्वाचित भएपश्चात भक्तपुरमा विकासमा भक्तपुरको मुहार फेरिरहेको दावी गर्नु भएको छ ।

त्यसक्रममा उहाँले बाटो नभएको ठाउँमा बाटो बनेको, कच्ची बाटो भएको ठाउँमा ग्राभेल र ग्राभेल बाटो भएको ठाउँमा पिच बाटो बनेको र कतिपय भन्ने प्रकृयामा रहेको समेत फेहरिस्त सुनाउँनु भएको छ । त्यस्तै संसद सदस्य बस्नेतले संसद विकास कोष र पूर्वाधार कोष तथा सूर्यविनायक नगरपालिकाको साझेदारीमा सुरु गरिएको ८ काम मध्ये फुटशल निर्माण पनि एक भएको जानकारी दिनु भएको छ ।

साथै स्थानीयवासीको सहयोग नै भक्तपुर विकास सम्भव भएको भन्दै भक्तपुरमा आधुनिक वीर अस्पताल लगायतका राष्ट्रिय गौरवका आयोजना  सहित भक्तपुरलाइ स्मार्ट भक्तपुरमा रुपान्तरण नगरेसम्म आफुले विश्राम नलिने जनाउ दिदै वर्तमान सरकारले पानीजहाज, रेल, योगदानमा आधारित सामाजिक सुरक्षा, रोजगारीको ग्यारेन्टीतर्फ आफुलाइ केन्द्रीत गरेको जनाउ दिनु भएको छ ।

पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले कहिले काँही बाघ हेर्न मन लागे विरालो हेरेर पनि चित्त बुझाउनुपर्छ भन्दै नेकपाको सरकार र केपी ओलीले के गरे भनेर भन्ने मान्छेले भक्तपुर आएर हेरे पुग्ने समेत बताउँदै पृथकतावादी आन्दोलन गरिरहेका सिक राउतलाई राज्यको मुल धारमा ल्याउन प्रधानमन्त्री केपी ओलीले सफल हुनु भएको बताउँदै उहाँले सिकेको वारेमा अनावश्यक स्याल हुँइया भइरहेको समेत बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728