मङ्लबार, चैत्र ६, २०८०

७औं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता आगामी वैशाखमा

काठमाडौं माघ २२ , नेपाल शारीरिक सुगठन गतथा फिट्नेस संघले ७औं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोस्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६’ प्रतियोगिता मिति सार्वजिनक गरेको छ । प्रत्येक २वर्षको अन्तरालमा आयोजना हुने प्रस्तुत प्रतियोगिताको जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रतियोगिता आसन्न वैशाख २० र २१ सम्पन्न हुने  बताईएको छ ।

त्यस्तै ५५, ६०, ६५, ७०, ७५ तथा ७५ भन्दा माथिको वजन समूहमा प्रतिस्प्रर्धा गराइने यस प्रतियोगितामा एक समूहमा प्रत्यक सभहभागी संस्थाबाट  बढीमा २ जना खेलाडीहरू गरी जम्मा १२ जना खेलाडी र १ जना टिम म्यानेजरले भाग लिन पाउने आयोजकको तर्फबाट संघका अध्यक्ष राजेशवावु श्रेष्ठले जानकारी दिनु भएको छ ।

त्यस्तै, शारीरिक सुगठनको विधा अन्तर्गत हुने दोस्रो पुरुष फिटनेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगितालाई खुला उचाइ समूह अन्तर्गत खेलाइनेछ। प्रत्येक समूहमा प्रथम, द्वितीय, तृतीय खेलाडीलाई क्रमश स् २५०००, १५००० र १०००० नगद पुरस्कार दिइनुको अलावा मिष्टर हिमालय उपाधि पाउने एक जनाले २ लाख ७५ हजार रकम पुरस्कार स्वरुप प्राप्त गर्ने जानकारी दिईएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।