बिहिबार, बैशाख ६, २०८१

७ करोड लगानीमा १० वर्षे सशस्त्र द्वन्द्वलाई समेटेर ‘जनयुद्ध सङ्ग्रहालय’ स्थापना गरिने

काठमाडौ फागुन १,  तत्कालीन माओवादी जनयुद्ध थालनी भएको २ दशकपछि १० वर्षे सशस्त्र द्वन्द्वलाई समेटेर ‘जनयुद्ध सङ्ग्रहालय’ स्थापना गरिने भएको छ । सांस्कृतिक सङ्ग्रहालय नेपालले तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र द्वन्द्वमा भएका गतिविधि समेटेर स्थापना गरिने सङ्ग्रहालयमा माओवादी जनयसद्धको शुभारम्भदेखि नेपाल सरकारसँग शान्ति सम्झौतासम्मका घटनाक्रमका ऐतिहासिक तस्बीर, दस्तावेज तथा जानकारी संग्रह गरिने सङ्ग्रहालयका अध्यक्ष एवक् संयोजक क्षितिज अरुण श्रेष्ठले बताएका छन ।

जनयुद्धले पारेका सकारात्मक प्रभावहरूलाई आम जनमानसले जानकारी गराउनुका सक्रिय कार्यकर्ताका साथै दिवगंत जनयौद्धाहरूको त्याग र बलिदानको उचित सम्मान सहित विश्वलाई आश्र्चयचकित तुल्याउन सफल जनयुद्धको अवतरण शान्ति सम्झौता र देशमा गणतन्त्रको सुत्रधारको रूपमा रहेको जनयुद्धको उल्लेखनिय भूमिका इतिहासलाई भावि पिढीहरूको सामु जिवन्त राख्न जनयुद्ध संग्रहालय लागि परको जनाउ दिदै अध्यक्ष श्रेष्ठले प्रस्तावित संग्राहलयको संरक्षकमा तात्कालिन जनयुद्धका सुप्रिमो कमाण्डर एवम् पूर्व प्रधानमन्त्री र हाल नेकपाका अध्यक्ष समेत रहनुभएका प्रचण्ड रहनु भएको जानकारी दिनु भएको छ । त्यसोत प्रचण्डपुत्र स्व प्रकाश दाहाल संग्रहालयर्का उपाध्यक्ष रहेको जानकारी दिनु भएको छ ।
रोल्पा वा चितवनमा स्थापनाको लक्ष्य राखेको यस संग्रहालयस“ग जनयुद्धका ५५०० तस्बिर, र २५० थान श्रव्य र श्रव्यदृश्य तथा केही पोशाक तथा दस्तावेजहरू संकलन भई सकेको जानकारी दिदै उहाँले करीब रु ७ करोडमा निर्माण गर्न थालिएको सङ्ग्रहालय आगामी वर्ष सञ्चालन गर्ने तयारी रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031