शुक्रबार, बैशाख ७, २०८१

१३ बुँदे घोषणापत्र जारी गर्दै पत्रकार महिलाको सम्मेलन सम्पन्न

काठमाडौं माघ १८,  सशक्त महिला पत्रकार , समृद्ध राष्ट्र र सञ्चार” भन्ने मुल नारा सहित १३ बुँदे घोषणा पत्र जारी गर्दै पर्यटकीय नगरी चितवनको पटिहानीमा जारी पत��रकार महिलाको राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । माघ १६ र १७ गते दुई दिन चलेको सम्मेलनमा २०० बढी पत्रकार महिला सहभागी थिए ।

माघ १६ गते एक कार्यक्रमकावीच पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्ड’ले उद्घाटन गर्नुभएको प्रस्तुत सम्मेलनको बन्दसत्रमा घनिभूत छलफलपछि नेपालको संविधान २०७२ ले अंगिकार गरेको सम्पूर्ण समानताको हक र समृद्धिको लक्ष्यलाई मध्यनजर गर्दै श्रमजीवि ऐन, आम संचार नीति २०७२ र लैङ्गिकमैत्री संचार निर्देशिकामा गरिएका व्यवस्थालाई कार्यान्वयनका लागि ध्यानाकर्षण गराईएको थियो ।  त्यस्तै सम्मेलन पछि जारी घोषणापत्रमा सरकारी सञ्चारमाध्यम, आयोग, समिति, सल्लाहकार, बोर्ड र कर्मचारी नियुक्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको तत्काल कार्यान्वयनका लागि माग गरिएको छ ।

त्यस्तै गरि आधारभूत र बिषयगत तालीमको ब्यबस्था मिलाउन माग गर्दै सम्मेलनले भौतिक र पेशागत सूरक्षाको सुनिश्चितताका लागि पेशागत स्थायित्वको उचित वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । श्रम ऐनले व्यवस्था गरेका सुविधा उपलब्ध हुन नसककेको निष्कर्ष निकाल्दै सम्मेलनले हरेक सञ्चारमाध्यममा आन्तरिक लैङ्गिक नीति अनिवार्य रूपमा बनाई कार्यान्वयन गर्न सुझाएको छ भने नीतिगत र नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित भइनसकेको ठहर गर्दै सम्मेलनले महासङ्घको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली अङ्गिकार गरी अध्यक्ष वा महासचिव एक महिला हुनुपर्नै अनिवार्य व्यवस्था गर्न नेतृत्वको ध्यानाकर्षण गराइएको छ । अधिकांश सञ्चारमाध्यमले पत्रकार नियुक्ति र पदोन्नति गर्दा समावेशी नीति अपनाएको नपाइएको भन्दै त्यो अवस्था तत्काल सुधार्न सञ्चालकलाई आह्वान गरिएको  महासंघका सचिव लक्ष्मीपुनद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

देशभरबाट आएका सहभागीले पत्रकार महिलाका विशेष अवस्थालाई मध्यनजर गर्दै हरेक सञ्चारमाध्यममा शिशु स्याहार केन्द्रको अनिवार्य व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराएको छ । सरकारले व्यवस्था गरेको सुत्केरी बिदालाई पाँच महीना पु¥याउने गरी नीतिगत निर्णय गर्नुपर्ने माग गर्दै सो विषयमा ठोस निर्णय नहुँदासम्म हाल रहेको व्यवस्थालाई कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

सुत्केरी बिदा बसेकै कारण कतिपय पत्रकार महिलाको पदोन्नति रोकिएको सुनिनमा आएकाले अब आयन्दा पदोन्नतिमा बाधा अवरोध नपु¥याउन अनुरोध गरिएको छ । घोषणापत्रको नौ नं बुँदामा नेपाल पत्रकार महासङ्घले घोषणा गरेको राष्ट्रियस्तरको आम सञ्चार प्रतिष्ठान चितवनमा निर्माणका लागि तुरुन्त पहल गर्न आग्रह गरिएको छ । नेपाल सरकारले पहिचान गरेको नयाँ पर्यटकीय गन्तव्यमा पश्चिम चितवनको पटिहानीसमेत परेकामा स्वागत गर्दै पटिहानीलगायत पश्चिम चितवनको पर्यापर्यटनलाई लैङ्गिकमैत्री बनाउँदै विकासका लागि थप योजना ल्याउन भेलाले नेपाल सरकारसँग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031