शुक्रबार, बैशाख ७, २०८१

सोसियल मिडिया अवार्ड २०७५’ सम्पन्न

काठमाडौं माघ २८ / रामचन्द्र प्रजापति , सर्वोत्कृष्ट १६ विधामा अवार्ड प्रदान गर्दै ‘सोसियल मिडिया अवार्ड २०७५’ सम्पन्न भएको छ ।
ड्रिम्स वल्र्ड फिल्म मेकरर्स प्रालिको आयोजनामा तथा नेपाल सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नंं। ३ तथा चलचित्र विकास वोर्डको सहयोगमा आइतवार साँझ आयोजना गरिएको उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सोसियल रंगममञ्च पत्रकारिता पुरस्कार कुवेर गिरी, सामाजिक अभियान्ता सम्मान उत्तम सञ्जेल र चलचित्र कर्मी सम्मान निर्णयक मण्डलका सदस्य तथा सञ्चारकर्मी, निर्माता संगित श्रेष्ठलाई स्वरुप रु ११,१११।– (अक्षरुपी एघार हजार एक सय एघार मात्र) रुपौँया सहित सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।

अवार्ड कार्यक्रममा ८० वटा लघु चलचित्रहरुबाट छनौट गरिएको आयोजकले जनाएको छ । अवार्ड कार्यक्रममा छनौट प्रकृयामा दुई प्रकारले गरिएको बताइएको छ, जसमा समुह क ‘फिल्म’ र समुह ख ‘सोसियल मिडिया’ रहेको थियो ।

कार्यक्रममा बरिष्ठ संगितकार तथा पूर्वचलचित्र विकास बोर्डका अध्यक्ष सम्भुजित बाँस्कोटाले चलचित्रको विकास विना देश विकासको कल्पना पनि गर्न नसकिने बताउँदै देशको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, परम्परागत विकासको मुख्य आधारको रुपमा चलचित्रलाई लिनुपर्ने बताउनुभयो छ । देश विकास तथा आर्थिक समुन्नतीको लागि चलचित्र क्षेत्रलाई व्यवसायिक, व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा उहाँको जोड रहेको थियो ।

आयोजक संस्थाको अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष समेत रहनुभएका सबनम मुखियाले चलचित्र तथा वृत्तचित्रको माध्यमबाट अशिक्षाको अन्धकारलाई हटाई उज्यालो बक्तिको रुपमा अघि बढाउने मूख्य ध्येयका उक्त अवार्ड कार्यक्रम गरिएको बताउनुभयो । उहाँले सामाजिक, जनचेतना, क्षमता प्रस्फुटन लगायतका कार्यहरु गरी नेपाललाई विश्वसामु चिरपरिचित गराउनु अहिलेको अपरिहार्यता भएको समेत बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।