शुक्रबार, चैत्र १६, २०८०

सिसिटिभि क्यामरा जडानका लागि नेपाल प्रहरीलाइ महानगरले दियो ३ करोड

काठमाडौं फागुन १६,  काठमाडौं म��ानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाललाई सिसिटिभिबाट सहरभित्र हुने गतिबिधि नियन्त्रण गर्न ३ करोड रुपैयाँको चेक प्रदान गर्नुभएको छ । बुधबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरपालिका र प्रहरी परिसर काठमाडौंबीच सिसिटिभि प्रणाली जडान र सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर तथा रकम हस्तान्तरण कार्यक्रममा मेयर शाक्यले महानिरीक्षक खनाललाई रकम हस्तान्तरण गर्नुभएको हो ।

सम्झौतामा महानगरकातर्फबाट सहसचिव डा. टोकराज पाण्डेले र परिसरकातर्फबाट प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले हस्ताक्षर गर्नु भएको छ । महानगरपालिका प्रथम पक्ष र परिसर दोश्रो पक्ष भएर गरिएको सम्झौताबमोजिम प्रणाली जडान र सञ्चालन गर्ने काम परिसरले गर्नेछ । यस प्रणालीबाट शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासनसँग सम्बन्धित गतिबिधि निगरानी गरिने छ ।

रकम हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख शाक्यले — प्रहरीलाई पैसा दिएको नभइ सहरी शुशासनका लागि थप जिम्मेवारी दिएको धारणा अभिव्यक्त गर्दै सहरमा सबैले आफ्ना—आफ्नै पारामा सिसिटिभि राख्दा व्यक्तिको गोपनीयता र दृश्य दुरुपयोगको खतरा बढेर गयो । त्यसबाट गम्भीर घटना घट्नु अघि यसको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई दिने निर्णय गरेको बताउँनु भएको छ । साथै उहाँले हामीले कोसँग के सम्झौता ग¥यौं भन्ने कुरामा भन्दा के परिणाम दियौं भन्ने कुरामा नागरिक चासो छ । त्यसैले यसको परिणाम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिनुपर्नेमा जोड रहेको थियो ।
त्यस्तै उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — प्रणाली जडान भएपछि नागरिकले म सुरक्षित छु, मेरो सहर व्यवस्थित छ भन्ने महसुस गर्ने बताउनु भयो । नागरिकलाई अब जे पायो त्यही गर्नुहुन्न भनेर यस प्रणालीले सचेत गराउने बिश्वाश व्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै सहरी व्यवस्थापनमा प्रहरी जिम्मेवार छ । यसका लागि स्थानीय सरकार र जनतासँगका साझेदारि कार्यक्रम प्रहरीले यस अघि देखि नै चलाइ रहेको छ । प्रहरी महानिरीक्षक खनालले भन्नुभयो — महानगरसँग सम्झौता भएपछि स्थानीय सरकारसँग साँच्चै नै साझेदार भएको महसुस गरेको छु । यो कामको कामको थालनी मात्र हो । स्थानीय सरकारसँग साझेदारिता बढाउँदै सिसिटिभिको राष्ट्रिय ग्रीड तयार गर्ने हाम्रो सोच हो । महानिरीक्षक खनालले थप्दै भन्नुभयो — अपराध नियन्त्रणका लागि यो कोशे ढुङ्गा साबित हुनेछ ।

सम्झौताबमोजिम महानगरको भौगोलिक क्षेत्रभित्र शान्ति सुरक्षा, अमनचयन, पारदर्शी सहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, प्रदुषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा सांस्कृतिक एवं सम्पदा क्षेत्रहरुको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालीन आवागमन व्यवस्थापन, ट्राफिक जाम, अनैतिक गतिविधि नियन्त्रणजस्ता काममा सिसिटिभिबाट निगरानी गरिनेछ । सहरी निगरानीका लागि राखिने क्यामरा कुन कुन ठाउँमा राख्ने भन्ने कुराको टुङ्गो दुवै पक्षले लगाउने छ । यसरी एकिन भएका स्थानमा प्रहरीले प्रणाली जडान, सञ्चालन तथा मर्मत सम्भार गर्नेछ भने सिसिटिभि राखिएका स्थानमा सडक बत्ती राख्ने काम महानगरले गर्नेछ ।

सम्झौतामा उल्लेख गरिएको कामलाई कार्यान्वयन गर्न महानगरको सूचना प्रविधि विभागका प्रमुखको संयोजकत्वमा नगर प्रहरी प्रमुख, सूचना प्रविधि शाखा प्रमुख र परिसरकातर्फबाट प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रतिनिधि एकजना, महानगरीय प्रहरी कार्यालयका प्रतिनिधि एकजना र प्रहरी कार्यालयमा कार्यरत तोकिएको कर्मचारी प्रतिनिधि एकजना गरी ६ जना पदाधिकारी रहने समितिको व्यवस्था गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।