बिहिबार, चैत्र १५, २०८०

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश जोशीद्वारा राजीनामा

काठमाडौ फागुन ७ , सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो ।

आगामी जेठ सम्म पदावधी रहेका न्यायाधीश जोशीले प्रधानन्यायाधीशका लागि आफ्नो नाम संसदीय सुनुवाइ समितिले अनुमोदन नगरे पनि सर्वोच्च अदालतमा काम गर्दै आएपनि नव – नियुक्त प्रन्या चोलेन्द्रशम्शेर जबराले न्यायाधीश जोशीलाइ न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरेलगत्तै उहाँ बिदामा बस्नुभएको थियो । तर आज उहाँले आफ्नो पदावधी बाँकी रहदाकै अवस्थामा राजीनामा दिनु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।