मङ्लबार, बैशाख ११, २०८१

सरोकारवाला विभागमा आफ्नो व्यक्तिगत विवरण दर्ता नगरी सामाजिक सञ्जाल सञ्चालन गर्न नपाउने

 फेसबुक, ट्वीटर, इन्ष्ट्राग्राम, भाइबरमा बिक्री वितरण गर्न रोक लगाएको सामग्रीको विज्ञापन प्रकाशन, प्रसारण गर्न समेत नपाइने

काठमाडौं फागुन ३, अव देखि सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सरोकारवाला विभागमा आफ्नो व्यक्तिगत विवरण दर्ता गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आउँने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजीक सञ्जालमा यो वा त्यो नाममा अनेकन विकृति बढेको र यसलाइ समयमानै नियन्त्रण नगरेको स्थिती भयावह हुन सक्ने भन्दै सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गराएको थाहा भएको छ।

प्रस्तावित विधेयकमा सामाजिक सञ्जाल सूचना विभागमा दर्ता हसनसपर्ने र दर्ता नभएक त्यस्तैगरि सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई रु १५ लाखसम्म जरिवाना र पाँच वर्षसम्मको जेल सजाय हुने प्रस्ताव गरेको छ । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र सूचना प्राप्त गर्नेलाई भ्रममा पार्न नहुने व्यवस्था सहित सञ्चालन पूर्व ऐन बमोजिम विभागमा दर्ता गर्नुपर्ने उल्लेख गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै छ र प्रस्तावित ऐन प्रारम्भ हुनअघि सञ्जालमा रहेका सामाजिक सञ्जालका सञ्चालकले समेत तोकिएको समयभित्र विभागमा दर्ता गर्नुपर्ने तथा नेपालमा दर्ता नभएको व्यक्तिले सञ्चालन गरेको सामाजिक सञ्जालको प्रयोगमा सरकारले रोक लगाउने सक्ने उल्लेख गरिएको छ । त्यस्तै विधेयकमा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्ष्ट्राग्राम, भाइबरमा बिक्री वितरण गर्न रोक लगाएको सामग्रीको विज्ञापन प्रकाशन, प्रसारण गर्नसमेत विधेयकमा रोक लगाएको छ ।

त्यस्तै विधेयकमा सङ्घीय संरचना बमोजिम सातवटै प्रदेशमा सूचना प्रविधि अदालत एवं सूचना प्रविधि केन्द्र स्थापना गर्नुका साथै साइबर सुरक्षाको समुचित विकास गरी साइबर अपराधलाई नियन्त्रण गर्न सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको जिकिर गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।