शुक्रबार, चैत्र १६, २०८०

सरकारको निर्देशन मान्दिन भन्नु नगरप्रमुखको अधिनायकवादी शैली : पूर्व उद्योगमन्त्री बस्नेत

रामचन्द्र प्रजापति , भक्तपुर फागुन ६/  रासस भक्तपुर जिल्ला सम्पर्क कार्यालयले आयोजना गरेको “स्थानीय तहको विकासमा रासस” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका नेता, पूर्वउद्योगमन्त्री महेश बस्नेतले जनताको विकाससँग प्रत्यक्ष सहकार्य तथा संलग्न स्थानीय तह नै हुने बताउँदै सांसद बस्नेतले जनताको पहँुच पनि स्थानीय तहमा नै रहने भएकाले स्थानीय तहलाई बलियो स्रोत साधनयुक्त बनाउन सवै मिलि अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ।

त्यस्तै उहाँले सरकारले पर्यटक प्रवेश शुल्क लिन नपाउने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले ढाट राखेर प्रवेश शुल्क भनि प्रत्येक पर्यटकसँग रु १५ डलर उठाउने गरेको बताउँदै प्रदेश तथा संघीय सरकारको निर्देशन मान्दिन, म जे गर्छु त्यो नै अन्तिम निर्णय हो भन्नु नगरप्रमुखको अधिनायकवादी शैली भएको बताउनुभयो ।

त्यस्तै संघीय ससंदका सदस्य समेत रहेका नेता बस्नेतले देशको संविधान तथा कानुनभन्दा माथि कोही नहुने भन्दै सल्लघारीमा रहेको नेपाल ट्रस्टको जग्गामा विना अनुमति पर्खाल लगाउने कार्य शुरु गर्नु नगरपालिकाले नेपालको संविधान तथा कानुनलाई नै आफ्नो हातमा लिने प्रयास गरेको बताउँदै राससलाई अझ बढी विश्वसनिय र प्रभावकारी बनाउन ऐन तथा कानुन निर्माण गर्न आफ्नो सदैब साथ र सहयोग रहने बताउँदै उहाँले संविधान, ऐन कानुनले दिएको हक अधिकारहरुलाई समाचारको माध्यमबाट संस्थागत तथा कार्यान्वयन गर्न मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ।

रासस भक्तपुर जिल्ला समाचारदाता रमेश गिरी को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सदस्य शशीजंग थापा राससका अध्यक्ष हरिहर अधिकारी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट,सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा,महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालय श्रेष्ठ, नेपाली सेनाको बीरदल गणका गणपति शिवहरी पौडेल, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुक्वर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा र पत्रकारहरु रमेश खड्का, विकल श्रेष्ठ, पेशल आचार्य लगायतले स्थानीय समाचारलाई राससले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।