शुक्रबार, बैशाख १४, २०८१

संसदीय सुनुवाइ समितिको बैठक : प्रस्तावित ५ आयोगका अध्यक्ष मध्ये मुस्लिम आयोगका अध्यक्षविरुद्ध चार उजुरी

काठमाडौ फागुन ५,   संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्षमा सिफारिस गरेकामध्ये मुस्लिम आयोगका अध्यक्षमा सिफारिस भएका समिम अन्सारीविरुद्ध मात्र ४ वटा उजुरी परेको छ ।

संवैधानिक परिषद्को गत माघ ७ गते बसेको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगमा पूर्वसचिवसमेत रहनुभएका बालानन्द   पौडेल, समावेशी आयोगमा पूर्वसचिव  रहनुभएका शान्तराज सुवेदी , मधेशी आयोगको अध्यक्षमा डा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा अन्सारीको नाम सिफारिस गरेसंगै संविधानको धारा २९२ ले संवैधानिक परिषद्को सिफारिसमा हुने नियुक्तिमा संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था  अनुरुप   सिफारिस भएका अध्यक्षमाथि उजुरी गर्न १० दिने समयसिमा सहित समितिले सर्वसाधारणको तर्फबाट उजुरी आव्हान गरेको हो ।

त्यस्तै उजुरी आव्हानको समयसिमा सकिएलगत्तै संसदीय सुनुवाइ समितिको आजको बैठकमा सिफारिस भएका आयोगका अध्यक्षहरुविरुद्ध परेका उजुरी पत्र खोल्ने क्रममा बाँकी ४ संवैधानिक आयोगका लागि सिफारिस भएका अध्यक्षका सवालमा भने कुनै पनि उजुरी नपरेको सुनवाइ समितिले जनाएको छ । समितिका अनुसार प्रस्तावित मुस्लिम आयोगका अध्यक्ष अन्सारी विरुद्ध शैक्षिक योग्यतादेखि गोप्य उजुरी समेत परेको जनाउँदै प्राप्त उजुरी समितिका सदस्यहरूलाई अध्ययनका लागि समय दिएको र अध्ययनपछि मात्र के कस्तो उजुरीका दर्ता भएको सार्वजनिक गरिने जनाएका छन ।

त्यस्तै समितिले मङ्गलबार ११ गते उजुरीकर्ता छलफलका लागि समितिमा वोलाइएको जानकारी दिदै बाँकी प्रस्तावित अध्यक्षहरुमध्ये प्राकृतिक स्रोत तथा वित्त आयोग र समावेशी आयोगका अध्यक्षको सुनवाइ गर्ने समितिको आजको बैठकले निर्णय गरेको छ । त्यसपछि मधेशी आयोगको अध्यक्षमा डा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीको सुनवाइ   गरिने समितिले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।