शुक्रबार, बैशाख ७, २०८१

संसदको शून्य समयमा पनि पशुपतिकै चर्चा, प्रस्तुत गीतलाइ पुरस्कृत गर्न डा.भट्टराईको माग

काठमाडौं फागुन ६, लोकदोहोरी गायक पशुपति शर्माको चचौ विवादको शिखरमा रहेको पछिल्लो गीत ‘लुट्न सके लुट…… ले आजको
प्रतिनिधी सभाको बैठकमा समेत चर्चा पाएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले लोकदोहोरी गायक पशुपति शर्माको हालै सार्वजनिक गीतलाई रोक लगाउनु लोकतान्त्रिक अधिकार हनन् भएको बताउँदै गर्दा सासंस सिंहको प्रस्तुत अभिव्यक्तिको  प्रतिवादमा सत्तारुढ दलका सांसद झपड रावलले गायक पशुपति शर्माको गीतमा सरकारले कुनैपनि प्रतिबन्ध नलगाएको प्रष्टोक्ति दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

तयस्तै आजको बैठकको सून्य समयको छलफलमा भाग लिदै  सांसद गणेशकुमार पहाडी र अमृता थापा , घनश्याम खतिवडा, अमनलाल मोदी, आशाकुमारी विक, इन्दुकुमारी शर्मा, उमा रेग्मी, कलिला खातुन, कृष्णप्रसाद दहाललगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि कानुनी कारबाही गर्न माग गर्नुको अलावा निमांणकार्यमा ढिलासुस्ती गर्ने ठेकेदारमाथि कडा कारबाही गर्न माग गर्नु भएको उल्लेख गरिएको छ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यसैवीच पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट वोलको गितलाइ पुरस्कृत गर्न माग गरेका छन् ।

डा।बाबुराम भट्टराईले आइतबार ट्वीट गर्नेक्रममा पशुपति शर्माको सो गीतलाई धम्क्याएर अघोषित प्रतिबन्ध लगाइएको हो भने त्यो अत्यन्त गम्भीर विषय भएको जनाउ दिनु भएको छ । साथै उहाँले पाँचथरबाट बाग्लुङसम्म आइपुग्दा जनतामात्र हैन, सत्ताधारी दलका कार्यकर्तासम्मले यस्तै भ्रष्टाचारविरोधी गीत गाइरहेको पाइयो भन्दै प्रस्तुत गीतलाई ‘दण्डित होइन, पुरस्कृत गर्नुपर्ने अभिव्यक्ति सहित सरकारलाई ‘सुतुरमुर्गे’ हरकत नगरोस् भन्दै उनले चेतावनीसमेत दिएका छन् ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031