शनिबार, बैशाख ८, २०८१

श्रमजीवी पत्रकारको मानप्रतिष्ठामा आघात पुगेको महासंघको ठहर

श्रमजीवी पत्रकारको मानप्रतिष्ठामा आघात पुगेको महासंघको ठहर

काठमाडौं माघ २८, आफूहरुको चरित्र हत्या गरेको भन्दै एभिन्यूज टेलिभिजनका पत्रकारत्रयले नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् । टेलिभिनबाट राजीनामा नै नदिई सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै पत्रकार त्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालले महासंघमा उजुरी दिएका हुन् ।

पीडित पत्रकारको उजुरीपछि महासंघका सचिव रामप्रसाद दाहालले सोमबार आज एक विज्ञप्ति जारी गर्दै पत्रकारले राजीनामा नै नगरी सरसामान बरबुझारथ गर्नु भनी सूचना प्रकाशिन गरेबाट श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको जनाएका छन् ।
महासंघले सो सूचनाप्रति क्षमा याचना गरी श्रमजीवी पत्रकारको स्वाभिमानको सम्मान गर्न टेलिभिजन व्यवस्थापनसँग माग गर्दै अन्यथा महासंघले श्रमजीवीको पक्षमा कदम चाल्न बाध्य चेतावनी दिएको छ ।

यसैवीच नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पनि आजै एक विज्ञप्ति जारी गर्दै एभिन्यूज टेलिभिजन व्यवस्थापनका पक्षबाट श्रमजिवी पत्रकारत्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दिपक अर्यालको दैनिक पत्रिकामा सूचना निकाली सार्वजनिक रुपमा चरित्र हत्या गर्ने कार्यप्रति को गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा उल्लेख भएअनुसार एभिन्यूज टेलिभिजनमा काम गर्दैगर्दा समयमा पारिश्रमिक नपाएको र पारिश्रमिक माग्दा मगन्तेको व्यवहार व्यवस्थापनले गरिरहँदा आफूहरुले सामुहिक रुपमा सो संस्था छाडी प्राइम टेलिभिजनमा काम गर्न शुरु गरेको जनाउ दिदै आफूहरुले अर्को टेलिभिजन च्यानलमा काम शुरु गरे लगत्तै एक दैनिक पत्रिकामा आफूहरुको चरित्र हत्या समेत हुनेगरि सामान वरबुझारथ गर्न आउन दृश्य चोरीको समेत आरोप लगाएको पत्रकारत्रयले गुनासो गरेका छन् ।

त्यस्तै प्रेस युनियन श्रम तथा श्रमजिवीको सम्मान हुनुपर्छ भन्ने कुरामा विश्वास राख्दछ । अतः श्रमजिवी साथीहरुको सम्मान र अस्तित्वमा चोट पुग्ने गरि भएका सबै गतिविधी बन्द गर्न र सञ्चार उद्योगमा सौहादपूर्ण वातावरण कायम राख्नका लागि नेपाल प्रेस युनियन एभिन्यूज टेलिभिजन व्यवस्थापनलाई आग्रह गर्दछ भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।