बिहिबार, बैशाख १३, २०८१

शुक्रबारदेखि मौसममा सुधार आउने ,यस्तो छ ३ दिने मौसम सम्बन्धी महाशाखाको पूर्वानुमान

काठमाडौं फागुन १६ , पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश पहाडी भेगमा वर्षा र हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका अधिकांश स्थानको मौसम दिनभर सामान्यदेखि पूर्णबदलीको अवस्थामा रहनुको अलावा पानी पर्नेक्रम चलिरहने जनाउँदै शुक्रबारदेखि मौसममा सुधार आउने जनाएको छ ।

यद्यपी आज साँझ महाशाखाद्दारा जारी ३ दिने मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्तिमा आज राती भने देशको पूर्वी तथा मध्य भुभाग लगायत पश्चिमि पहाडि भु भागमा आंसिक बदली र बाँकी भु भागमा मौसम सामान्यतया सफा रहनुको अलावा पूवी पहाडि भुभागका केहि स्थानमा भने मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको जनाएको छ ।

त्यस्तै फागुन १७ गते शुक्रवार दिउँसो देशको पहाडी भु भागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने जनाउँदै फागुन १८ गते शनिवार दिउँसो देशको पश्चिमी र मध्य भागमा सामान्य बदली हुनुको अलाव क्रमस पूर्वी,पश्चिमी नेपाल र अन्य पहाडी भुभागमा आंसिक बदली थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको जनाएको छ । त्यस्तै शनिवार राति देशभर सामान्यतया मौसम बदली ।हनुको अलावा पश्चिमी नेपालका केहि स्थानहरुमा र देशका उच्च हिमाली भुभागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना औल्याएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।