शुक्रबार, बैशाख ७, २०८१

वीर शहीद गंगालालका उत्तराधिकारी शशिलालको निधन

काठमाडौं फागुन १४, तत्कालीन १०४ वर्षिय जहानीया राणा सासशन विरुद्धको विद्रोह बुलन्द गर्दै आफ्नो जीवनको बलिदान दिएका चार शहिद मध्ये एक हुन विर शहीद गंगालाल श्रेष्ठ ।

प्रजापरिषद्को गतिविधि मार्फत राणा साशन विरुद्धक आवाज बुलन्द गरेको भन्दै १९९७ साल कात्तिक २ गते राणा सरकारको कोपभाजनको शिकार भएका विर शहीद श्रेष्ठलाइ १९९७ साल माघ १५ गते अर्का वीर शहीद दशरथ चन्दसँगै बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो।

हो आजै उनै वीर शहीद श्रेष्ठका एकमात्र उत्तराधिकारी शशाीलाल श्रेष्ठको असामयिक निधन भएको छ । प्राप्त जानकारी अनुसार शहीद पुत्र श्रेष्ठको ब्रेन टुयुमरका कारण आज आफ्नै निवासमा ७८ वर्षको उमेरमा मंगलबार साढे ३ बजे निधन भएको बुझिएको छ ।  शहीद पुत्र श्रेष्ठका अन्तिम संस्कार अहिले विहान १० ३० शोभा भगवतीमा गरिने पारिवारिक स्रोतललाइ उदृत गर्दै प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।

यसैवीच काठमाडमाणैं काँग्रेस क्षेत्र न ८ले शहीद श्रेष्ठका सुपुत्र शशिलाल श्रेष्ठको निधनप्रति दु:ख व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरेको समितिका सचिव राजेश श्रेष्ठद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।