शुक्रबार, चैत्र १६, २०८०

विधान विपरित तदर्थ समिति गठन गरिए आफूहरुलाई अस्वीकार्य : निर्वतमान महामन्त्री काफ्ले

काठमाडौं फागुन ६,  नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ ।

विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ३२ वर्ष उमेर हदको व्यवस्था रहेको विधान विपरित तदर्थ समिति गठन गरिए आफूहरुलाई स्वीकार्य नहुँने बताउनु भएको हो । साथै गठन हुँने तदर्थ समितिले छ महीनाभित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा यसअघि उपाध्यक्ष रहेका रामप्रसाद अधिकारीले यसअघि विगठन गरिएको समितिले निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले आग्रही हुँदै विघटन गरेको आरोप लगाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।