मङ्लबार, बैशाख ४, २०८१

वर्तमान केपी ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा अयोग्य सावित : नेपाली काँग्रेस

 प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसद्दारा  ८ बुँदे धारणा सार्वजनिक

काठमाडौ फागुन ५,  नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकार गठन भएको वर्ष दिन पुगेको अवसरमा सरकारलको तर्फबाट प्रधानमन्त्री ओली मुलुकवासीको नाममा सम्बोधन गर्दै दिएको सन्देशको सवालमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज आफ्नो ८ बुँदे धारणा सार्वजनिक गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाइको बहुमतको सरकारको तर्फबाट आएको सम्बोधनले नागरिकको अपेक्षाअनुसार शान्ति सुरक्षा, सुलभ बजार मूल्य र भरोसा कायम गर्न नसक्नुको अलावा नत यसवीचमा सरकारले मधेशका माग सम्बोधन गर्न संविधान संशोधनमा कुनै प्रक्रिया समेत अघि बढाउँन नसकाको आरोप लगाउँनु भएको छ ।

इतिहासकै बलियो र सहज सरकार भएरपनि वर्तमान केपी ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा अयोग्य सावित भएको आरोप लगाउँदै प्रवक्ता शर्माले प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा मा शासकीय क्षमता नभएके बताउँनु भएको छ । 

त्यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले डा गोविन्द केसीसँग प्रधानमन्त्रीकै अग्रसरतामा भएको सम्झौता सत्ता पक्षले उल्लङ्घन गर्नु आफैमा अराजकताको पराकाष्ठा भएको बताउँदै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी पत्ता लगाइ कारवाही गर्न सरकार असफल हुनु यसको ज्वलन्त प्रमाण भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कोष निर्माणको ऐन काङ्ग्रेसको नेतृत्वको तत्कालीन सरकारले सम्पादन गरेको जानकारी गराउँदै उहाँले वर्तमान सरकारले तामझामका साथ भड्किलो ढङ्गले प्रचार गरेर जस लिन खोजेको टिप्पणी सहित बूढीगण्डकी जलविद्युत् आयोजना नेपालको आफ्नै लगानीमा निर्माण गर्ने गरी रकम सङ्कलन भइरहेका अवस्थामा परियोजना एकाएक विदेशी कम्पनीलाई सुम्पिनु विश्वासघात भएको  बताउँनु भएको छ ।

साथै यसवीचमा सरकारले प्रेस स्वतन्त्रतामा अङ्कुश लाग्ने फौजदारी संहिताको केही प्रावधान सच्याउने दिशामा कुनै पहल नगर्नु प्रेसलाई थप नियन्त्रित र निरुत्साहित गर्ने अनेक उपक्रमको सुरवात गर्नु त्यस्तै वाइडबडी जहाज खरीदमा भएको अर्बौं रुपैयाँको घोटाला सम्बन्धमा काङ्ग्रेसले दोषीलाई कारवाही गर्न ‘तथ्यको जगमा सत्यको खोजी गर्न’ आग्रह गर्दै गर्दा कसनै ठोस कदम नचाल्नु र भेनेजुयला प्रकरणमा अपरिपक्वरुपमा प्रस्तुत भएके सरकारको रवैया मेलम्ची परियोजनाको कार्यान्वयनमा अन्योलता सिर्जना गर्नुले सरकारको छवि जनताले राम्ररी बसझ्ने मौका पाएको बताउँनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा सरकारलाइ एक वर्षको समग्र गल्ती, कमजोरी सुधार गरेर अघि बढ्ने सङ्कल्प गरेर सरकार आगामी वर्षमा देशलाई सही ढङ्गले नेतृत्व गर्न सफल हुन सकोस् भनी शुभकामना समेत दिनु भएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।