शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसको ३ दिने कार्यक्रम

काठमाडौ माघ २८,  सरकारले ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । प्र.म  केपी ओलीको अध्यक्षतामा गठित ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको आजको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।

प्राप्त जानकारीbअनुसार   दिवसका अवसरमा फागुन ६ गते दिपावलीसँगै उपत्यकाका महानगर र नगरपालिकाले आआफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानरसहित नगरको सरसफाइ र सजावट गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै फागुन ७ गते मुख्य दिन राष्ट्रपति , उपराष्ट्रपति मूल समारोहमा समितिका अध्यक्ष एवं प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, संवैधानिक आयोगका अध्यक्ष र सदस्य, मन्त्रीलगायतको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा हुाने विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।

त्यस्तै फागुन ७ गतेका दिन दिन बिहान नेपाली सेनाले बिगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने, पुष्पवृष्टि र बेलुन उडाउने तथा शहीदको आत्माको चिरशान्तिको कामनाका कार्यक्रम गर्ने भएको छ  त्यस्तै  प्रदेशमा भने मुख्यमन्त्रीको अध्यक्षतामा तथा जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा मूल समारोह समिति बनाइ विभिन्न कार्यक्रम गरिने भएको छ । यस्तै ८ गते तीन दिन साँझ दिपावलीसमेत गरिने मूल समारोह समितिले जनाएको छ । फोटो साभार :गुगुल

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031