मङ्लबार, बैशाख ११, २०८१

यस्तो छ मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौ माघ २४,  मन्त्रिपरिषद्को गत माघ २१ गते बसेको बैठकका निर्णय   सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ जारी गरेको बताउँनु भएको छ । साथै उहाँले  सञ्चार माध्यममा काम गर्ने कर्मचारी तथा कामदारको न्यूनतम तलबको सम्बन्धमा मिडिया हाउस संचालकहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटको अन्तरिम आदेशको विरुद्ध भ्याकेटमा जाने बताउँदै रकारले गरेको निर्णय कुनैपनि हालतमा कार्यन्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले भूकम्पबाट प्रभावित व्यक्तिको पुनर्वास तथा स्थानान्तरणका लागि वन क्षेत्रको जग्गा उपलब्ध गराउनेसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७५ को स्वीकृतसंगै निजी आवास पुनःनिर्माण अनुदान वितरण (दोस्रो संशोधन) कार्यविधि, २०७५’ समेत स्वीकृत गरेको बताउँनु भएको छ ।

त्यस्तैगरि बैठकले महाकाली सिँचाइ , माथिल्लो मैलुङ खोला जलविद्युत् , कमरीगाड जलविद्युत् आयोजना र बुर्तिबाङ पौदीअमराई तम्घास गोरुसिङ्गे १३२ केभी सवस्टेशन निर्माणका केही वन क्षेत्रको जग्गा प्रयोग गर्ने स्वीकृति दिनुको अलावा तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीति स्वीकृती संगै जडीबुुटी विकासका लागि अनुदानसम्बन्धी कार्यविधि, २०७५, राष्ट्रिय वन नीति, २०७५, गैरसरकारी संस्था महासङ्घ नेपालको (दोस्रो संशोधन) विधान, २०७४ स्वीकृत गरेको जानकारी दिनु भएको छ ।

साथै उहाँले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति मुस्ताङ जिल्लाको कोरला नाकाको भन्सार कार्यालयका नाममा जग्गा नाप नक्सा गर्नेसम्बन्धी गठन आदेश, २०७५ स्वीकृत गर्नुको अलावा गत २१को मप बैठकले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा पूरै जग्गा परेका जग्गाधनीलाई ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय सहित सोभन्दा कम जग्गा परेकालाई ६६ प्रतिशत र बाँकीलाइ जिल्लादरअनुसार क्षतिपूर्ति उपलब्ध गराउने स्वीकृति दिइएकाृ जानकारी दिदै कालिकोटको साविक छाप्रेमा निर्माणाधीन बालीघाट खोला पुल र छिडेना खोला पुल निर्माणका लागि पुल तथा पहुँच सडकमा परेका घर जग्गाको अधिग्रहण गरी मुआब्जा तथा क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको बताउँनु भएको छ ।

राष्ट्रिय खेलकूद परिषद्को सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्न सैद्धान्तिक स्वीकृति वीर शहीद गङ्गालाल श्रेष्ठको जन्मजयन्ती मनाउन रु पाँच लाख आर्थिक सहायता उपलब्ध गराउनुको साथै मधेश आन्दोलनका घाइते पन्नालाल यादवलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ भने बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा मधुसुदन अधिकारीलाई चार वर्षका लागि त्यस्तै नेपाल खानेपानी संस्थानको सञ्चालक समितिको अध्यक्षमा जिउलाल चौधरी र सदस्यमा सङ्गीता भट्टराई रेग्मी र रामबहादुर थापालाई नियुक्त गरिएको जानकारी दिनु भएको छ ।

पाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।