शुक्रबार, चैत्र १६, २०८०

मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका अन्सारीको नाम संदेहको घेरामा

संघीय ससदको निर्वाचनमा ततकालीन नेकपा एमालेको तर्फबाट समानुसपातिक उम्मेदवार समेत रहेका निजको शैक्षिक प्रमाण पत्र नागरिकता दलगत आवद्धता लागायतका विषयमा प्रश्न गर्दै दर्ता भएके उजुरी सम्बन्धमा सरोकारवाला निकायबाट कागजात माग गर्नुको अलावा सोधपुछ गर्ने समितिको निर्णय,जुरीकर्ताको दावी प्रमाणित भए निजको सिफारिस स्वत खारेज हुने 

काठमाडौं फागुन ७,  संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोग क्रमस प्राकृतिक स्रोत तथा वित्त आयोगमा पूर्वसचिवसमेत रहनुभएका बालानन्द पौडेल , समावेशी आयोगमा पूर्वसचिव  रहनुभएका शान्तराज सुवेदी , मधेशी आयोगको अध्यक्षमा डा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफसिर गरे वमोजिम ससंदीय सुनवाइको क्रममा मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका अन्सारीको नाम मात्र विवादास्पद भएको छ ।

संसदीय समितिले संवैधानिक परिषद्को सिफारिसमा हुने नियुक्तिमा संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुरुप  सिफारिस भएका अध्यक्षमाथि उजुरी गर्न १० दिने समयसिमा सहित समितिले सर्वसाधारणको तर्फबाट आव्हान गरेको उजुरीको क्रममा अन्सारी विरुद्ध दर्ता भएको निजको शैक्षिक प्रमाण पत्र नागरिकता दलगत आवद्धता लागायतका विषयमा प्रश्न गर्दै उजुरी दर्ता गर्ने उजुरीकर्तासंग आज समितिले गरेको छलफल पछि अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र र नेकपाको केन्द्रीय सदस्य दलगत आवद्धाको सम्बन्धमा सरोकारवाला निकायबाट कागजात माग गर्नुको अलावा सोधपुछ गर्ने निर्णय गरेसंगै उनको सिफारिस विवादास्पद भएको हो । यदि उजुरीकर्ताको दावी प्रमाणित भए निजको सिफारिस स्वत खारेज हुने बताईएको छ ।

यसैवीच समतिले राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको सुनुवाइ गरेपनि अनुमोदनको निर्णय भने बिहीबार बस्ने बैठकले गर्नेभएको छ । समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने चारजना सदस्यहरुले संवैधानिक आयोगको पदाधिकारीमा गरिएको सिफारिसप्रति असन्तुष्टि जनाउँदै बैठकमा अनुपस्थित  क्रममा आजको बैठकमा पनि उहाँहरु अनुपस्थित रहेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।