मङ्लबार, बैशाख ११, २०८१

महासङ्घको केन्द्रीय नेतृत्व चयन अव प्रत्यक्ष निर्वाचन प्रणालीबाट

पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन १७ बुँदे पोखरा घोषाण पत्र जारी गर्दै सम्पन्न , महासङ्घको विद्यमान ४७ सदस्यीय कार्य समिति संरचनामा एक महिला उपाध्यक्ष र सदस्यको थप व्यवस्थासंगै ४९ सदस्यीय कार्य समिति संरचनामा रुपान्तरण

पोखरा फागुन १०,  नेपाल पत्रकार महासङ्घको पोखरामा सम्पन्न २ दिने केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनले अव उपरान्त हुने महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था विधानत पारित गर्नुको अलावा १७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै समापन भएको छ । आज सम्पन्न महासंघको बन्दसत्रमा घनिभूत छलफल पछि साधारणसभाले निर्वाचन समेत एकैदिन गर्ने गरि केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व प्रत्यक्ष निर्वाचित गर्ने गरी सर्वसम्मत विधान संशोधन गरेको हो । त्यस्तै प्रस्तुत साधारण सभाले महासङ्घमा एक महिला उपाध्यक्ष र एक महिला सदस्य थप्ने निर्णयगरेसंगै महासङ्घको यसअघिको विद्यमान ४७ सदस्यीय संरचनामा ४९ सदस्यीय हुने जसमा केन्द्रीय अध्यक्ष सहित १२ पदाधिकारी र बाँकी सदस्य हुने भएको छ ।

Posted by Shreejan Jha on Friday, 22 February 2019

त्यस्तै जारी पोखरा घोषणापत्रमा नेपालको संविधानमा उल्लेख भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति र नेपाल पक्ष राष्ट्र रहेको अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार कानून निर्माण गर्न तीनै तहका सरकारसँग माग गर्दै प्रेस स्वतन्त्रता सङ्कुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानून, नियमावली र निर्देशिका जारी नगर्न त्यस्तै गत भाद्र १ गतेदेखि कार्यान्वयनमा आएको मलुकी देवानी तथा फौजदारी संहिता कार्यान्वयनको सम्बन्धमा गठित कार्यदलको सुझावअनुसार पूर्ण प्रेस स्वतन्त्रतासहित छुट्टै कानून यथाशीघ्र निर्माण गर्न माग गरिएको छ ।

त्यस्तै साधारणसभाले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७/४८ पत्रकार तथा सञ्चारमाध्यमको हकमा आकर्षित नहुने सुनिश्चितता गर्न माग गरेको छ । सोही दफाको आधारमा अनलाइन सञ्चारमाध्यमलाई नियमन गर्दै अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयमा चित्त नबुझ्ने वित्तिकै प्रहरीले समाचार लेख्ने र प्रकाशन गर्ने पत्रकारलाई कठोर कारबाही गरेको प्रति आपत्ति जनाउँदै हिरासतमा रहेका पत्रकारलाई तत्काल रिहा गर्न माग गर्नुको अलावा सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित स्थानीय साना लगानीसँगै स्वरोजगारमूलक मिडिया प्रवद्र्धन गर्न स्थानीय तहका विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई प्रदान गर्न र समानुपातिक विज्ञापन प्रणाली लागू गर्न माग गरिएको छ ।

त्यस्तै गरि घोषणापत्रमा रेडियो, अनलाइन, सञ्चारमाध्यमलाई छापामाध्यम सरहको मान्यता दिन माग गर्दैै पछिल्लो समय नवीकरण हुन बाँकी अनलाइनको तत्काल नविकरण प्रत्रिया शुरु गर्न माग गरिएको छ ।  महासङ्घको सदस्यता शुद्धीकरणका लागि सक्रिय पत्रकारितामा संलग्न नभएकालाई सदस्यता स्वेच्छिक त्याग गर्न आह्वान गर्ने निर्णय सहितमहासङ्घको नयाँ सदस्यता वितरण गर्दा निरन्तर कृयाशील, मिडियामा आवद्ध, पत्रकारितालाई मूल पेशा बनाएकालाई मात्र सदस्यता दिने र नवीकरण गर्दा पत्रकारिताबाट निस्कृय बसेका, वैदेशिक रोजगारीमा गएका, राजनीतिक दलका पूर्णकालीन कार्यकर्ता, स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा उम्मेदवार बनेका तथा सरकारी सेवामा रहेकाको सदस्यता खारेज गरी शुद्धीकरण गर्न प्रस्ताव गरिएको छ ।

यसअघि साधारणसभाले बन्दसत्रमा महासचिव रमेश विष्टले प्रस्तुत गर्नुभएको प्रतिवेदन र कोषाध्यक्ष राजेश मिश्रले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।