शुक्रबार, चैत्र १६, २०८०

महानगरको वातावरण समिति सिसडोलमा , फोहोर व्यवस्थापनका लागि गम्भीर रहेको प्रवक्ता डंगोलको जनाउ

काठमाडौं माघ २९,  महानगरको वातावरण व्यवस्थापन समितिका पदाधिकारीले वातावरण व्यवस्थापन बिभागका अधिकारीसहित फोहोरको अन्तिम व्यवस्थापन कार्यको आज अवलोकन गर्नुभएको छ । अवलोकनको क्रममा उपत्यकाबाट उत्पादन भएको फोहोर ढुवानी, ल्याण्डफिल्ड साइटमा पु¥याउँदाको अवस्था, साइटको व्यवस्थापन, पूर्वाधार, उपकरण र जनशक्ति परिचालनसँगै फोहोरबाट स्थानीयमा परेको प्रभावका बिषय गहन छलफल सहित फोहर व्यवस्थापन अवस्थाको विश्लेषण गरिएको थियो ।

त्यस्तै दीर्घकालीन ल्याण्डफिल्ड बञ्चरेडाँडाको पूर्वाधार, त्यहाँसम्म पुग्ने सडक निर्माणमा भएको प्रगति, सिसडोलस्थित साइटको ल्याण्ड स्केपिङ् गर्न अबको योजना के हो? पदाधिकारीले अधिकारीलाई जिज्ञासा राख्नुभएको थियो । सो जिज्ञासामा जानकारी गराउँदै अधिकारीले बञ्चरे डाँडामा पुग्ने सडक निर्माण कार्य भइरहेको, बञ्चरेडाँडामा साइट निर्माण गर्न माटो परीक्षणको काम भइरहेको, यस क्रममा ४ ठाउँको काम सकिएको जनाउँदै, आउँदो बर्खा यामका सम्भावित समस्या र समाधानका उपायका बिषयमा स्थलगत छलफल भएको थियो ।

स्थलगत भ्रमणका लागि समितिका संयोजक एवं वडा १२ का अध्यक्ष बिकास डंगोल, महानगरका प्रबक्ता ईश्वरमान डंगोल, समितिका सदस्य एवं वडा ४ का अध्यक्ष मोहनबहादुर बिष्ट, वडा २६ का अध्यक्ष ख्यामराज तिवारी सहितको टोली सिसडोल पुग्नुभएको हो । त्यस अवसरमा महानगर प्रवक्ता ईश्बरमान डंगालले   बञ्चरेडाँडाको पूर्वाधार सक्दो छिटो सक्न सम्बद्ध पक्षलाई आग्रह गर्दै सिसडोलको उबडखाबड मिलाउँन स्थानीयसँग कुरा गरेर उहाँहरुको जमिनबाट माटो ल्याउँने जनाउ दिदै उहाँले फोहोर व्यवस्थापनको संवेदनशीलतालाइ दृष्टिगत गर्दै यसको व्यवस्थापनमा गम्भीर रहेको जनाउ दिनु भएको छ । अहिले नुवाकोटको ककनी गाउँपालिकाको सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।