शुक्रबार, बैशाख ७, २०८१

मन्त्री अधिकारीसहित सातै जनाको शवको पोस्टमार्टम हुँदै ,अन्तिम श्रद्धाञ्जलिका लागि शुक्रबार सैनिक मञ्च टुँडिखेलमा राखिने

काठमाडौं फागुन १६, बुधवार ताप्लेजुङमा काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएके सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद मन्त्री अधिकारीसहितको टोली सवार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ ।

आज मौसम अनुकुल भएलगत्तै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।  शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

यसैवीच प्राप्त जानकारी अनुसार यसअघि पोस्टमार्टमपछि अधिकारीको सहित सातै जनाको शव काठमाडौंको टुँडिखेलमा श्रद्धान्जलिका लागि राखिने बताईए पनि पोस्टमार्टममा समय लाग्ने भएपछि श्रद्धान्जलि कार्यक्रम शुक्रबार मात्र हुने भएको छ । यसकोलागि मन्त्री अधिकारीसहित सातै जनाको सैनिक मञ्च टुँडिखेलमा शव बिहान ८ बजेदेखि ११ बजेसम्म  राखिने प्रम निवास बालुवाटारमा आज बसेको नेकपाल सचिवालयको बैठकले उक्त निर्णय गरेको पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ ।

टुँडिखेलमाअन्तिम श्रद्धाञ्जलि दिएपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय मन्त्रिपरिषदको बुधबारको निर्णय अनुरुप अन्तिम र्संस्कारका लागि उहाँको गुहपजल्ला पोखरा लगिने बताईएको छ । दुर्घटनामा मन्त्री अधिकारी,यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031