शुक्रबार, बैशाख ७, २०८१

भ्रष्टाचार विरुद्ध सरकारले कडा कदम चाल्नेमा ढुक्क हुन सासंद बस्नेतको आग्रह

रामचन्द्र प्रजापति/ भक्तपुर फागुन ७ ,  नेपाल रेडक्रस सोसाइटी स्वर्ण महोत्सववर्ष, २४औं जिल्ला सभाको उद्घाटन तथा बालकोट उपशाखाको एम्बुलेन्स शुभारम्भ कार्यक्रममा बोल्दै पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भ्रष्टाचार तथा राष्ट्र विरोधी गतिविधि गर्नेको दिनगन्ती शुरु भएको बताउँदै सांसद बस्नेतले भ्रष्टाचार विरुद्ध सरकाले कडा कदम चाल्नेमा सवैलाई ढुक्क हुन आग्रह गर्नु भएको छ ।
त्यस्तै सरकारले भ्रष्टचार विरुद्धको अभियान नै सञ्चालन गरिहेको बताउँदै भ्रष्टाचार गर्ने साना या ठूला जो कोहीलाई पनि कानुनी दायरामा ल्याई देशलाई भ्रष्टचार मुक्त बनाउने बताउँदै सासंद बस्नेतले समाज सेवामा लाग्ने मानिस आलोचनाको पात्र नभई राष्ट्र निर्माणको मेरुदण्ड भएको बताए ।
सम्बोधनकै क्रममा नेता बस्नेतले तत्कालीन एमाले नेता ‘मदन भण्डारीको भनाइलाइ अनुशरण गर्दै राजनीति गर्नेको रङ्ग खैरो हुने तथा रेडक्रस जस्तो सामाजिक संस्थाहरुको रङ्ग भने हरियो हुने बताउँदै राजनीतिमा कुनै पनि हालतमा विपक्षिलाई सिध्याउने खेल हुने तर रेडक्रस जस्ता सामाजिक संस्थाको मूख्य उद्देश्य कसैलाई हराउनु नभई सवैलाई समेट्नु, सेवाको भाव जगाउनु रहने बताउनुभयो ।साथै उहाँले सामाजिक क्षेत्रमालाग्ने मानिस कुनै लोभ लालचमा लागेको नभई निस्वार्थ लागेको बताउनुभयो । जे कुरालाई पनि पैसासँग तुलना गर्नु नकरात्मक सोचाई भएको बताउँदै उहाँले ९५ प्रतिशत नेपाली समाज आफ्नो इमान तथा इज्जत पैसामा विक्ने खाले नभएको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031