शुक्रबार, चैत्र १६, २०८०

बम विस्फोटलगायत घटनाप्रति आयोगको ध्यानाकर्षण

काठमाडौ फागुन १३, राष्ट्रिय मानव अधिकार आयोगले ललितपुर, काठमाडौँ, कञ्चनपुर, जाजरकोट, बाग्लुङ, म्याग्दी, रुपन्देही, कपिलवस्तु, पूर्वी नवलपरासी, कास्की, नुवाकोट लगायतका जिल्लामा वम विस्फोट तथा आगजनीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलले जारी प्रेस विज्ञप्तिमा देशभर भएका बम विस्फोट तथा आगजनीमा संलग्नलाई कानूनी दायरामा ल्याई मृतकलाई क्षतिपूर्ति दिन आग्रह गर्नुको अलावा यस्ता घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न र घाइतेलाई उपचारको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

त्यस्तै जारी विज्ञप्तिमा आयोगले सबैको मानव अधिकार तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी नागरिकको जीउधनको संरक्षणमा जोड पदन सरकाृकाृ ध्यानाकर्षण गराउँदै ललितपुरस्थित नख्खुमा रहेको एनसेल कार्यालयको परिसरमा भएको बम विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको उपचारका क्रममा मृत्यु भएको तथा अन्य दुईजना गम्भीर घाइते भएको आयोगमा जानकारी आएको विज्ञप्तिमा उल्लेख उल्लेख गरिएको छ । साथै आयोगले हिंसात्मक गतिविधिबाट कसैको पनि हित नहुने भएकाले यस्ता गतिविधि नगर्न/नगराउन सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।