शनिबार, बैशाख ८, २०८१

फनपार्क भाडा प्रकरण: पूर्वमन्त्री बद्री न्यौपानेसहित १४ जना विरुद्ध मुद्दा दायर

काठमाडौ माघ २१,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपानेसहित १३ जन विरुद्ध आज विशेष अदालमता मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्री प्रसाद न्यौपाने, परिषद्का तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, तत्कालिन कोषाध्यक्ष कुञ्‍ज बिहारी प्रसाद चौधरी, तत्कालिन सदस्यहरु हरि न्यौपाने, मोहनराज शर्मा, सदस्य सचिव ई रविन्द्र कुमार समेतको उपस्थितिमा समाज कल्याण परिषद् अन्र्तगत रहेको भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१, ३२, ३३, ३४, ३५, ३७, ४४, ५४ र ५९ समेतको उलंघन गरेको र समाज कल्याण परिषद् आर्थिक प्रशासन नियमावली, २०५० को नियम ३८ मा वोलपत्र सम्वन्धी कार्यविधि सम्वन्धमा उल्लेख भएकोमा सो वमोजिमको कार्यविधि पालना नगरि प्रक्रिया विपरीत आर्थिक अनियमितता गरेको पाइएकाले मुद्दा दायर गरेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगले दायर गरेको मुद्धामा पूर्वमन्त्री न्यौपानेविरुद्ध रु ३१ करोड ५२ लाख १७ हजार ६७५, उपाध्यक्ष मेहता ,कोषाध्यक्ष चौधरी, सदस्य सचिव रवीन्द्रकुमार, सदस्यहरु मोहनराज शर्मा, मदनकुमारलाल कर्ण र हरि न्यौपानेविरुद्ध पनि रु ३१ करोड ५२ लाख १७ हजार ६७५ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

त्यस्तै प्रमुख सञ्चालक टेकबहादुर गुरुङ र प्रमुख सञ्चालक रवीन्द्र गुरुङलाई समेत रु ३१ करोड ५२ लाख १७ हजार ६७५ बराबरको भ्रष्टाचार गरेको आयोगले उल्लेख छ । यस्तै आयोगले तत्कालीन कोषाध्यक्ष रत्नगाहा मगर, तत्कालीन निर्देशक मदनप्रसाद रिमाल, उपनिर्देशक बलबहादुर स्वाँर, कानूनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरीले पनि भ्रष्टाचारजन्य गतिविधिमा सहयोग गरेको जनाउँदै आयोगलेबलबहादुर स्वाँर, कानूनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरीले पनि भ्रष्टाचारजन्य गतिविधिमा सहयोग गरेको जनाउँदै आयोगले निजहरुविरुद्धपनि मुद्धा दायर गरेको  छ ।

साथै राजधानीको केन्द्रविन्दुको रुपमा रहेको भृकुटीमण्डपस्थित फनपार्कको जग्गालाई    सार्वजनिक खरीद ऐनअनुसार सार्वजनिक बोलपत्र आह्वान गरेर मेला सञ्चालक चयन गर्नुपर्नेमा त्यसो नगरिएको र कार्यविधिसमेत पालना नगरि परिषद्ले फनपार्क मेला सञ्चालकलाई २०६९ भदौ २० गते रु पाँच लाख ५५ हजार मासिक भाडा लिने गरी जग्गा उपलब्ध गराएको थियो  वदनियतपुर्ण तरिकाले मिति २०६०र ०५ र२० गतेको निर्णयले प्रतिमहिना प्रतिरोपनी जम्मा मासिक रु।९,२५०।–रकममा भाडामा लगाउँदै   गरेको गलत कामकारवाहीबाट नेपाल सरकार समाज कल्याण परिषद्लाई हालसम्म रु। ३१, करोड वाउन्न लाख सत्र हजार छ सय पचहत्तर रुपैया हानी नोक्सानी भएको देखिन आएको हुँदा निज प्रतिवादीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।