बिहिबार, चैत्र १५, २०८०

प्रहरीको लापरवाही पूर्ण घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौ फागुन ३,  नेपाल पत्रकार महासङ्घले झापा शाखा सदस्य सुनिरा मैनालीलाई प्रहरीको गोली लागि घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाबारे छानबिन गर्न माग गरेको छ ।

झापा शाखालाइ उदृत गर्दै महासङ्घका महासचिव रमेश विष्टले आज जारी विज्ञप्तिमा फागुन १ गते झापाको लक्ष्मीपुर चोकमा चिया पसलमा बसिरहेको अवस्थामा गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीले चलाएको गोली पत्रकार मैनालीको खुट्टामा लागी घाइते भएको थियो ।

त्यस्तै विज्ञप्तिमा महासंघले नागरिकको सुरक्षामा खटिएका प्रहरीबाट गरिएको लापरवाही पूर्ण घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन तालुकदार निकायसँग माग गर्दै घाइते पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यसैबीच महासङ्घका अध्यक्ष गोविन्द आचार्यको टोलीले घटनाका सम्बन्धमा पूर्वाञ्चल प्रहरी प्रमुख केदार रिजाल, झापा जिल्ला प्रहरी प्रमुख यमप्रसाद ढकाल, गृह मन्त्रालयका पदाधिकारीलगायतसँग छलफल गरी सो घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।