शनिबार, बैशाख ८, २०८१

प्रम ओलीले भने- जनआशामाथि चिसो पानी खन्याउँदै निराशा,अस्थिरता सिर्जना गर्ने प्रवृति किमार्थ स्वीकार गर्न सकिन्न

सम्मृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार हुने दिशातर्फ उन्मुख रहेको भन्दै सरकारको अभियानमा सहयोग र साथ दिन  प्रमको आह्वान

काठमाडौ फागुन २ प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज देशवासीका नाममा सम्बोधन गर्नुभएको छ । प्रम ओलीले सम्बोधनको क्रममा आफ्नो नेतृत्वमा  सरकार गठन भएको एकवर्षे कार्यकालमा सम्पन्न कामकारवाही सहित मसलुकको विकास र समृद्धिको लागि लिइएको नितिगत निर्णय लगायतका विषय वस्तुमा केन्द्रीत हुँदै सरकारले पूरा गरेको वर्षमा समृद्धिको आधार तयार पारेको र आगामी ४ वर्ष यहि आधार वर्षलाइ उपलब्धिका वर्षमा रुपान्तरण गर्ने बताउँनु भएको छ ।

त्यस्तै सम्बोधनको क्रममा प्रम ओलीले संघीयता व्यवस्थापनका लागि निर्माण गरिएका संरचना र कानुन निर्माण देखि भकम्पको कारण क्षतिग्रस्त संरचनाको पुनःनिर्माण मुलुकको आर्थिक् सूचक,  परराष्ट सम्बन्ध ,वैदेशिक लगानी भित्र्याउने लगायतका यावत क्षेत्रमा उपलब्धिपूर्ण हाँसिल भएको दावी गर्नु भएको छ ।

साथै उहाँले सम्बोधनको क्रममा “इतिहासले समृद्ध नेपाल निर्माणको अभिभारा प्रधानमन्त्रीका रुपमा मेरो र बहुमत प्राप्त दलका रुपमा नेकपाको काँधमा सुम्पिदिएको छ, तर हामीहरु त निमित्त मात्रै हौँ, यो अभियान हामी सबैको हो । यस यात्रामा हामी सबै सहयात्री हौँ, मुलुक सवल समृद्ध र समुन्त बन्दा हामी सबैको मुहारमा उज्यालो छाउँछ । हामी सबैको शिर उचो हुने बताउँदै  सरकार आर्थिक स��थायित्वतिर अग्रसर भएको र त्यसमा रहेका चुनौती के के हुन् मात्र नभई कोको हुन् भन्ने पनि राम्रैसँग थाहा भएको बताउनुभएको छ ।  साथै उहाँले जनतालाई सबै हिसाबका सार्वभौम तुल्याउने र सबल बनाउने अभियानबाट ध्यान बराल्न लोकतन्त्र खुम्चिन थाल्यो, अधिनायकबाद आयो भन्ने अफवाह फैलाइएकोप्रति प्रधानमन्त्रीले दुःख व्यक्त गर्दै

राजनीतिक स्थायित्वलाई तेजबोध गर्न कृत्रिम घटना सिर्जना गर्ने र त्यसैका आधारमा सामाजिक अराजकता फैलाउन उद्धत छन् तर समृद्ध नेपाल निर्माणको यस ऐतिहासिक यात्रामा हिँड्दै गरेका बेला इमान र निष्ठाको साहराले अवरोध भत्काउँदै आएका छौँ र तोड्दै जाने सकेत बताउनुभएको छ । त्यस्तै, जनता, प्रतिपक्ष र सन्चारमाध्यमले गर्ने सकरात्मक आलोचना सरकारका लागि मार्गनिर्देशन भएका भन्दै उनले नकारात्मक आलोचना गरेर समाज र जनताबीच फाटो ल्याउने गतिविधि भने सैह्य नहुने चेतावनी दिदै प्रम ओली भने जनताको आशामाथि चिसो पानी खन्याउँदै निराशा, हतासा र कुण्ठा प्रवाहित गर्ने तथा समाजमा अस्थिरता सिर्जना गर्ने प्रवृति किमार्थ स्वीकार गर्न नसककिने बताउँदै सम्मृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार हुने दिशातर्फ उन्मुख रहेको भन्दै सरकारको अभियानमा सहयोग र साथ दिन आह्वान गर्नुभएको छ ।

यसैवीच प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरूले भने प्रधानमन्त्री केपी ओलीद्वारा राष्ट्रवासीको नाममा गरिएको सम्बोधन आफैम अहंकार को पराकाष्ठा भएको बताएका छन । काँग्रेस नेता गगन थापाले प्रधानमन्त्रीज्यूको भाषाशैली र प्रस्तुति हेर्दा अहंकारले भरिएको प्रतिक्रिया दिनु भएको छ भने काँग्रसका प्रवक्ता विश्वप्रकाश शर्माले एक वर्षे कार्यकालको समीक्षा गर्न चुकेको बताउँदै यसविषयमा काँग्रसले छिटटै आधिकारिक धारणा सार्वजनिक गर्ने बताउँनु भएको छ ।

यस्तो छ प्रम ओलीको सम्बोधनको पूर्णपाठ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।