बिहिबार, बैशाख १३, २०८१

प्रदेश न १ मा डि. डि.ए.को नियोजित एवम् छापामार शैलीको अनुगमन, औषधी व्यवसायी आतंकित

काठमाडौं फागुन २,  प्रदेश न. १ विराटनगरस्थित औषधि व्यवस्था विभागको प्रदेश कार्यालयको छापामार शैलीको अनुगमनका कारण विराटनगरस्थित औषधी पसलमा आतंक सिर्जना भएको समाचार प्राप्त भएको छ ।

विभागले बुधवार विराटनगरस्थित सिद्धिविनायक स्टोर लगायतका एक दर्जन भन्दा बढि औषधी पसलमा प्रतिबन्धीत औषधी एवम गुणस्तरिय औषधीको विक्रि वितरण भए वा नभएको विषयमा भन्दा पनि नियोजितरुपमा औषधी पसलले सरोकारवाला निकायवाट विधिवतरुपमा अनुमति प्राप्त गरि पौष्टिक आहार अर्थात फूड सप्लिमेन्ट्स लगायतका प्रोटीन प्रदायक औषधी विक्री गरेको भन्दै औषधि पसलबाट त्यस्ता पौष्टिक आहार विक्री वितरण गर्न नपाइने जनाउ दिदै विक्री वितरणका लागि राखिएको पौष्टिकजन्य आहार समेत जफत गरेका थाहा भएको छ ।

यसैक्रममा विराटनगरस्थित नेपाल औषधी थोक व्यवसायी संघ  प्रदेश न. १ का अध्यक्ष केएल दासले विभागको प्रस्तुत रवैया नियोजित भएको बताउँदै विधिवतरुपमा नियमक निकायबाट अनुमति प्राप्त गर्दै वर्ग विभाजन गर्दै विक्री वितरण भइरहेको पौष्टिक आहार जफत गर्नु निन्दनीय भएको बताएका छन ।

विभागका अनुसार औषधी पसलमा त्यस्ता सामाग्री विक्री  गर्नु नहुँने हो र केवल औषधीमात्र विक्री गर्नु पर्ने हो भने महिलाले प्रयोग गर्ने कस्मेटिक आइटम सर्जिकल आइटम पानी लगायतका कुनै पनि समान विक्री गर्न नपाइनु पर्ने हो तर विभेदकारी रुपमा विभागले विधिवतरुपमा दर्ता भएका पौष्टिक आहार लाइमात्र निसाना बनाउँनु आफैम नियोजित घटना भएको बताए । साथै उहाँले विभागको प्रस्तुत कार्यको भत्सना गर्दै विभागको विभेदकारी रवैया ििवरुद्ध संघले आवाज बुलन्द गर्ने जनाउ समेत दिए ।

यद्यपी यस विषयमा हामीले विभागका जिम्मेवार अधिकारी आशा थापालाइ टेलिफोन सम्पर्क गर्दै यस विषयमा जानकारी माग्दा उहाँले यो विभागको नियमित अनुगमन भएको र औषधी पसलमा त्यस्ता सामाग्री विक्री वितरण गर्न नपाइने जनाउ दिनु भएको छ ।

त्यस्तै समाचार स्रोतका अनुसार फूड सप्लिमेन्ट्स अर्थात आहारपुरक खाना  मानव शरिरको लागि अत्याआवश्यक भिटामीन , क्याल्शियम प्रवाह गर्ने उच्चकोटीको औषधीको प्रारुप हो । जसले कुपोषण जस्ता भाइरस  निर्मुलिकरण गर्दै मानवलाइ स्वस्थ्य रहन सहयोग गर्दछ । तर विभागले निर्वाध रुपमा विक्रीबितरण गर्न रोक लाउँदै अनुगमनको क्रममा अनुमति प्राप्त  हुँदाको अवस्थामा समेत व्यवासयीले बेचेको पाईएमा जफत गर्ने गरेको र जफत गरेका त्यस्ता पौष्टिकजन्य आहार माथिल्लो नियमक निकायमा दाखिला गर्नुपर्नेमा दाखिला त त्यस्तै हो आफुखसी भागवण्डा गर्ने गरेको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।