बिहिबार, चैत्र १५, २०८०

प्रजातन्त्र दिवस

काठमाडौं फागुन ७ ,

-सनतकुमार थापा –

जहानिया शासन बाट तन्त्रको उदय भएको दिन।
रैतिबाट हामी सबै स्वतन्त्र भएको आजको दिन।।

राजा र प्रजाको सहकार्य सफल भएको दिन।
देशमा प्रजातन्त्र स्थापना भएको महत्वपूर्ण दिन।।

फागुण सात हामी नेपाली सबैको महत्वपूर्ण दिन।
भब्यताका साथ प्रजातन्त्र मनाउने यो शुभ दिन।।

निर्धक्क र खुशी साथ सबै जना एकजुट हुने दिन।
प्रजातन्त्र स्थापना भएको सबै भन्दा खुशीको दिन ।।

दिबसको रूपमा मनाउन नेपालीहरूले खाता खोलेको दिन।
लोकतन्त्र सहित गणतन्त्रमा आईपुग्न मद्दत पुर्याएको दिन।।

प्रजातान्त्रिक अभ्यास सहित बिकासमा अगाडी बढेको दिन।
आज हामी सबै नेपालीहरूको प्रजातन्त्र दिवसको शुभ दिन।।

लेखक: कामपा सामाजिक विकास विभागका विभागीय प्रमुखको जिम्मेवारीमा हुनुहन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।