बुधबार, बैशाख १२, २०८१

पश्चिमी वायुको प्रभाव: काठमाडौ उपत्यकासहित देशभरको मौसममा उतारचढावको सम्भावना

काठमाडौ फागुन ३ , जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले काठमाडौ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज साँझ जारी गरेको ३ दिने मौसम पूर्वानुमान सहितको विज्ञप्तिमा उल्लेख भएअनुसार ठूलो वर्षाको सम्भावना नरहे पनि अधिकांश भूभागमा छिटफुट र मध्यम खालको वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा शनिवार दिउँसो पनि देशको अधिकांश भू९भागमा सामान्यतया बदली रहने देखिन्छ ।  पश्चिमी भूभाग र पूर्वी तथा मध्य नेपालका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको सम्भावना रहेको र राति देशको पश्चिमी र मध्य भूभागमा अंशिक बदलि र पूर्वी भूभागमा सामान्य बदलि रहनुको अलावा पूर्वी तथा मध्य पहाडी भू९भागका थोरै स्थानहरुमा र पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनासंगै देशका पूर्वी हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यस्तैआइतवार पनि पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक वदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ्र पूर्वी पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। साथै महाशाखाले काठमाडौँको अधिकतम तापक्रम १९ दशमलव ६ डिग्री र न्यूनतम तापक्रम ९ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जनाउँदै शनिबार बेलुकादेखि मौसममा सुधार आउँने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।